Day: मे 2, 2023

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

आईपीएल २०२३: लो स्कोरिंग म्याचमा दिल्ली क्यापिटल्स ५ रनले विजयी

२ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४४औं म्याचमा दिल्ली क्यापिटल्सले गत सीजनको विजेता गुजरात टाइटन्सलाई ५ रनले पराजित गऱ्यो। मंगलवार खेलिएको म्याचमा टस जितेर पहिला

क्षेत्रीय

एसआरपी-का पूर्व कार्यकारी अध्यक्ष चक्रपाणी भट्टराई लगायत अन्य भाजपा-मा सामेल

गान्तोक: सिक्किममा भारतीय जनता पार्टीमाथि दिन प्रतिदिन मानिसहरूको विश्वास र भरोसा बढ्दै गइरहेको छ भने प्रतिष्ठित व्यक्तिविशेषहरू पार्टीमा सामेल हुने क्रम जारी छ। यसै क्रममा आज

क्षेत्रीय

मुख्यमन्त्री तामाङद्वारा साङ्गाग छोलिङ गुम्बाको उद्घाटन

गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत भष्मेस्थित साङ्गाग छोलिङ गुम्बाको उद्घाटन गरे। यस अवसरमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्रीले अध्यात्म र स्वस्थ जीवनको

क्षेत्रीय

आइटीबीपीका अधिकारीहरूले गरे राज्यपालसँग भेट

गान्तोक: भारतीय तिब्बत सीमा पुलिस बलका डीआईजी आरपीएस राघावन र उप महानिरीक्षक चन्दन सिंह भण्डारीले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको

क्षेत्रीय

जस्टिस गांगुली फेरि सख्त तेवरमा,ईसीएलमाथि छह लाखको जरिमाना

कोलकाता: कलकत्ता हाई कोर्टका न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुली आफ्नो पुरानो तेवरमा छन्। मंगलवार उनले ईस्टर्न कोलफील्ड लिमिटेड (ईसीएल) माथि छह लाख रूपियाँको जरिमाना लगाएका छन्। यो

क्षेत्रीय

प्रतिबन्धित लागू औषधसहित एक चालक पक्राउ

गान्तोक: रिनाक पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित लागूऔषधको साथमा पक्राउ गरेको छ। यसरी पक्रा पर्ने व्यक्तिको नाम फिलिप विश्वकर्मा हो भनी चिन्हित गरिएको छ।उनी रिनाक निवासी रहेको

क्षेत्रीय

दिलीप घोषले भाजपाको बलिदानी कार्यकर्ताहरूलाई श्रद्धाञ्जली दिए

कोलकाता: भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले २०२१ को विधानसभा चुनाउमा २ मईमा चुनाउ परिणामपछि मारिएका भाजपा कार्यकर्ताहरूलाई दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली दिएका छन्।

क्षेत्रीय

बिजुलीको चपेटमा पर्दा गोल्डन लङ्गूरको मृत्यु

बंगाईगाउँ: बंगाईगाउँ जिल्लान्तर्गत अभयापुरीको अभयापुरी आमतला क्षेत्रमा बिजुलीको तारको चपेटमा पर्दा विलुप्त प्रजातिको गोल्डन लङ्गूरको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरू अनुसार, भोजनको खोजमा ८-१० लङ्गूर आमतला

क्षेत्रीय

१२ घण्टा बन्दको आह्वान

कोलकाता: भाजपा नेता विजय कृष्ण भुइयाको हत्या विरूद्ध नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले १२ घण्टा बन्दको आह्वान गरेका छन्। मंगलवार दिउँसो शुभेन्दु घटनास्थलमा पुगे। उनका साथ सैकड़ौंको

क्षेत्रीय

कोलकाताका सड़कहरूमा थप १०० एसी बस कुद्ने

कोलकाता: राज्यको सड़कहरूमा अझ सय एसी बसहरूलाई कुदाइनेछ ।आगामी महिनासम्म यी बसहरू महानगरका सड़कहरूमा कुद्न थाल्नेछन्। सियालदह, हावड़ा, उल्टाडाङ्गा, सेक्टर-५, रूबी, जादवपुर र धर्मतल्ला रोडमा यी

क्षेत्रीय

भाजपा सिक्किममा प्रतिष्ठित व्यक्तिविशेषहरू सामेल हुने क्रम जारी

गान्तोकः भारतीय जनता पार्टीमा प्रतिष्ठित व्यक्तिविशेषहरू सामेल हुने क्रम जारी छ। यसै क्रममा आज प्रदेश अध्यक्ष डीआर थापाको निवासमा एसआरपीका पूर्व कार्यकारी अध्यक्ष एवं साहित्यकार चक्रपाणी

क्षेत्रीय

राजभवन, सिक्किमद्वारा गुजरात र महाराष्ट्रको ६३औँ स्थापना दिवस पालन

गान्तोक:  सिक्किमका राज्यपाल  लक्ष्मण प्रसाद आचार्यले गुजरात र महाराष्ट्र राज्य दिवसको अवसरमा गुजराती र मराठी जनतालाई बधाई दिएका छन् ।  देशको सांस्कृतिक विविधता र बहुआयामिक परम्परा मनाउने सरकारको जोड़लाई अगाडि बढाउँदै दुई राज्यको राज्य दिवस हिजो राजभवन, गान्तोक, सिक्किममा पालन गरियो। भारतको ‘विविधतामा एकता’ मनाउने एक भारत र श्रेष्ठ भारतको भावनालाई अनुशरण गर्दै देशभरिका राजभवन (राज्यपाल हाउस) ले दुई राज्यहरूको समृद्ध तथा जीवन्त संस्कृति प्रदर्शन गर्दै गुजरात र महाराष्ट्रको स्थापना दिवस बृहत् उत्साहका साथ मनाइयो। केन्द्र सरकारले ‘एक भारत श्रेष्ठ भारत’ लाई प्रवर्द्धन गर्नाका लागि सबै राज्यले आफ्नो राज्य स्थापना दिवस मात्र नभई अन्य राज्यको राज्य दिवस पनि मनाउने निर्णय लिएको छ। गुजरात र महाराष्ट्र बम्बई प्रान्तका भाग थिए। १  मई, १९६० मा गुजरात र महाराष्ट्र राज्यलाई स्वतन्त्र राज्यका रूपमा गठन गरियो। अन्य राज्यहरूको राज्य स्थापना दिवस मनाउने उद्देश्य राज्य बाहिरका मानिसहरूलाई स्थानीय आबादीसँग मिलाएर सद्भावको बन्धन सिर्जना गर्नु हो। सिक्किममा विभिन्न प्रयोजनका लागि बसोबास गर्ने गुजराती र मराठा समुदायका मानिसहरू आफ्ना परिवारसहित उत्सवमा सहभागी भएका थिए। यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यले केन्द्रको पहलको प्रशंसा गर्दै भने, ‘म यो पहललाई मेरो हृदयदेखि नै सम्मान गर्छु, यो निर्णयले राज्यहरू बीच समन्वय स्थापित गर्नेछ र एकार्काको संस्कृतिलाई चिनाएर एकताबद्ध गर्नेछl’ ‘भारत एक विविधतायुक्त देश हो। हामीसँग विभिन्न धर्म, भाषा, संस्कृति, जाति आदि छन् र हाम्रो आफ्नै पहिचान छ। भारतको एकताका लागि यी सबै संस्कृति र तिनीहरूको विशिष्टतालाई बुझ्न र सम्मान गर्नु आवश्यक छ’, उनले भने। ‘यस कार्यक्रमबाट एकता, प्रेम र सद्भावको वातावरण बनाउनुपर्छ र विभिन्न रङ, स्वरूप र भाषा भएका यो देशका जनता एकरूपमा एकताबद्ध छन् भन्ने सन्देश विश्वमा जानुपर्छ’, राज्यपालले भने। –पीआईबी