दिलीप घोषले भाजपाको बलिदानी कार्यकर्ताहरूलाई श्रद्धाञ्जली दिए

dilip-ghosh-moves-to-a-pivotal-position-in-bengal-bjp.jpg

कोलकाता: भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले २०२१ को विधानसभा चुनाउमा २ मईमा चुनाउ परिणामपछि मारिएका भाजपा कार्यकर्ताहरूलाई दोस्रो पुण्यतिथिमा श्रद्धाञ्जली दिएका छन्। कोलकाताको बाबू घाटमा घोषले पुरोहितहरूको उपस्थितिमा वैदिक रीतिको साथ मन्त्रोचार गरी पार्टीका लगभग ७० कार्यकर्ताहरूको नामले तर्पण गरे। उनको साथ पार्टीका अन्य धेरै नेता उपस्थित थिए। तर्पणपछि घोषले मीडियासित कुरा गरे। उनले भने, ममता ब्यानर्जीको शासनमा बंगालमा केवल हिंसाको राज छ। जो विपक्षका कार्यकर्ता छन्, उनीहरूको हत्या गरिन्दैछ। पुलिस पनि यसमा मद्दतगार छ। राज्यको जनताले यो बुझ्नपर्नेछ कि ममता ब्यानर्जीको शासनमा उनले पालेको गुण्डा पुलिसको मद्दतले आमाहरूको काख उजाड़िरेहका छन्। भाजपाले आफ्ना कार्यकर्ताहरूको बलिदान व्यर्थ जान दिनेछैन। अहिले सीबीआई जाँच चलिरहेछ र प्रत्येकले सजाय पाउनेछ।
उल्लेख्य एक दिनअघि मात्र भाजपाका एक कार्यकर्ताको पूर्व मेदिनीपुरको मोयनामा हत्या गरिएको छ। यस बाहेक प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले पनि गत केही महिनामा भाजपाका ११ कार्यकर्ताहरूको हत्या गरिएको दाबी गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *