१२ घण्टा बन्दको आह्वान

BJP-Flag.avif_-1024x683.jpg

कोलकाता: भाजपा नेता विजय कृष्ण भुइयाको हत्या विरूद्ध नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले १२ घण्टा बन्दको आह्वान गरेका छन्। मंगलवार दिउँसो शुभेन्दु घटनास्थलमा पुगे। उनका साथ सैकड़ौंको संख्यामा भाजपा कार्यकर्ताहरु उपस्थित थिए। कार्यकर्ताहरूले पुलिस विरूद्ध सड़कहरूमा विरोध प्रदर्शन गरे। टायर बालियो।शुभेन्दुले भने, बंगालमा भाजपा कार्यकर्ताहरूको केवल यति नै अपराध छ कि उनीहरू भाजपा कार्यकर्ता हुन्। यसैले उनीहरूको हत्या गरिन्दैछ हजारभन्दा धेरै भाजपा कार्यकर्ताहरूलाई यही क्षेत्रमा फर्जी केसमा पुलिसले फंसाएको छ। ममता ब्यानर्जीको शासनमा बंगालमा जंगलराज छ पुलिस सत्तारूढ़ पार्टीको दास सरह काम गरिरहेछ यसपछि उनले भने, बुधवार पूरा क्षेत्रमा १२ घण्टाको बन्द रहनेछ। बिहान ६ बजीदेखि साँझ ६ बजीसम्म बजार-दोकान यातायत बन्द रहनेछन्। मृतकको परिवारसित भेट गरेको छु। उनीहरू धेरै नै दुःखी छन्। पुलिसले सहयोग गरिरहेको छैन र घटनालाई पारिवारिक विवाद बताउने प्रयास भईरहेछ। यस विरूद्ध आवश्यकता परे हाईकोर्ट जानेछौं तर हत्याराहरूलाई क्षमा गरिनेछैन।
उल्लेख्य परिवारले दाबी गरेको छ, सोमवार राति विजय कृष्णलाई तृणमूल कांग्रेसका कार्यकर्ताहरूले उनकी पत्नी सामू कुटे। त्यसपछि घरबाट उठाए लगे औं हत्या गरी घर नजिक मृतदेह फ्याँके।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *