जस्टिस गांगुली फेरि सख्त तेवरमा,ईसीएलमाथि छह लाखको जरिमाना

1674697081_abhijit-ganguly.jpg

कोलकाता: कलकत्ता हाई कोर्टका न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुली आफ्नो पुरानो तेवरमा छन्। मंगलवार उनले ईस्टर्न कोलफील्ड लिमिटेड (ईसीएल) माथि छह लाख रूपियाँको जरिमाना लगाएका छन्। यो रूपियाँ ईसीएलका चेयरम्यान र जनरल म्यानेजरलाई १० दिनभित्र कोर्टमा जमा गर्नलाई भनिएको छ रजिस्ट्रार जनरल कहाँ यो रूपियाँ जमा गर्नपर्नेछ। यस बाहेक ईसीएल अन्तर्गत संचालित स्कूलहरूमा शिक्षकहरूको वेतन कति दिनको र कति बाकी छ, यो दुई दिनभित्र बताउनपर्नेछ। वस्तुतः ईसीएल अन्तर्गत झारखण्डमा ९ र पश्चिम बंगालमा ७ स्कूल छन्। यी स्कूलहरूमा पढाउने शिक्षकहरूमा जसले बीएड गरेका छन्, उनीरूलाई सात हजार रूपियाँ महिना र जसले स्नातक डिग्रीमा नौकरी हासिल गरेका छन्, उनीहरूलाई ५५०० रूपियाँ महिना वेतन दिइन्छ। यसबाहेक त्यसभन्दा कम शैक्षणिक योग्यता भएका शिक्षकहरूलाई पाँच हजार रूपियाँ महिना दिइन्छ। ईसीएलले यी शिक्षकहरूलाई आफ्नो मन अनुसार रूपियाँ दिईरहेछ र त्यो पनि समयमा नदिइएको आरोप छ। स्कूलहरूको पनि ढांचागत विकास गरिरहेको छैन र मरम्मती आदिको निम्ति पनि धेरै पल्ट आवेदन गरेपनि कुनै कारबाही भईरहेको छैन यी स्कूलहरूलाई बन्द गर्ने षड़यन्त्र रचिएको आरोप छ, जस विरूद्ध ४४ शिक्षकले हाईकोर्टको ढोका ढकढकाएका थिए। उनीहरूको दाबी छ, एक वर्षभन्दा धेरै समयदेखि उनीहरूले वेतन पाएका छैनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *