कोलकाताका सड़कहरूमा थप १०० एसी बस कुद्ने

Banglashree05.jpg

कोलकाता: राज्यको सड़कहरूमा अझ सय एसी बसहरूलाई कुदाइनेछ ।आगामी महिनासम्म यी बसहरू महानगरका सड़कहरूमा कुद्न थाल्नेछन्। सियालदह, हावड़ा, उल्टाडाङ्गा, सेक्टर-५, रूबी, जादवपुर र धर्मतल्ला रोडमा यी बसहरूलाई चलाइनेछ। राज्यका परिवहन मन्त्री स्नेहाशीष चक्रवर्तीले यसको पुष्टि गर्दै भने, यस महिनाको अन्तिम हप्तासम्म यी सबै एसी बसहरूलाई सड़कहरूमा कुदाउने योजना छ। यसबाट भीषण गर्मीमा यात्रीहरूलाई राहत मिल्नेछ। यिनीहरूलाई तयार पारी ट्रान्सपोर्ट डिपोमा राखिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको सहमति पाउनसाथ यिनीहरूलाई हरियो झण्डा देखाइनेछ।उल्लेख्य हालमा देशको महत्वकांक्षी अण्डरवाटर मेट्रो, परियोजनालाई ट्रायल रन पूरा गर्दै गंगा नदीको मुनिबाट हावड़ा मैदानसम्म मेट्रो चलाइएको छ। यसबाट कोलकाताको कुना-कुनामा एसी मेट्रोको माध्यमले यात्रा गर्नु सुगम भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *