प्रतिबन्धित लागू औषधसहित एक चालक पक्राउ

IMG-20230324-WA0001.jpg

गान्तोक: रिनाक पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित लागूऔषधको साथमा पक्राउ गरेको छ। यसरी पक्रा पर्ने व्यक्तिको नाम फिलिप विश्वकर्मा हो भनी चिन्हित गरिएको छ।उनी रिनाक निवासी रहेको बताइएको छ। पुलिस रिपोर्ट अनुसार, रिनाक, रंगेली जिरो छेउमा फिलिप विश्वकर्मको ट्रकको छानबिन गरियो। दुईवटा कालो प्लास्टिकको झोलामा २९४ वटा विन्डलास स्पासमोडन, ५४ वटा एन-टेन भेटियो। आरोपित चालकलाई पक्राउ गरि साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

Advertisement