आइटीबीपीका अधिकारीहरूले गरे राज्यपालसँग भेट

IMG-20230502-WA0281.jpg

गान्तोक: भारतीय तिब्बत सीमा पुलिस बलका डीआईजी आरपीएस राघावन र उप महानिरीक्षक चन्दन सिंह भण्डारीले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा राज्यपाललाई आइटीबीपीद्वारा सीमा क्षेत्रमा गरेको विभिन्न कार्य साथै गतिविधिबारे जानकारी गराइयो। यस अवसरमा भारत सरकारद्वारा नागरिकहरूको निम्ति तयार गरिएको नागरिक कार्य योजना अन्तर्गत स्थानीय नागरिकहरूको निम्ति शुरू गरिएको चिकित्सा शिविर एवम पशु चिकित्सा शिविरबारेमा राज्यपाललाई अवगत गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसका साथै राज्यमा कुनै प्रकारको आकस्मिक दुर्घटना भएको खण्डमा आइटीबीपी सदैव सहयोगको निम्ति तयार रहेको जानकारी गराइयो। सोही प्रकारले भारत सरकारद्वारा शुरू गरिएको भाइब्रेन्ट भिलेज योजनालाई कार्यान्वयन गर्ने आइटीबीपीले प्रयास गरिरहेको जानकारी गराएको छ। यस योजनाको लाभ स्थानीयहरूले उठाउन सक्ने बताइएको छ। राज्यपालले आइटीबीपीद्वारा हालसम्म गरिएको विभिन् प्रकारको गतिविधिबारे खुशी प्रकट गर्दै आइटीबीपीद्वारा सीमा क्षेत्रमा गरिएको कामको राज्यपालले प्रशंसा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *