मुख्यमन्त्री तामाङद्वारा साङ्गाग छोलिङ गुम्बाको उद्घाटन

IMG-20230502-WA0284.jpg

गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत भष्मेस्थित साङ्गाग छोलिङ गुम्बाको उद्घाटन गरे। यस अवसरमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्रीले अध्यात्म र स्वस्थ जीवनको सान्दर्भिकतामा जोर दिँदै यी दुई कुरा एकसाथ चल्ने र शारीरिक एवं आध्यात्मिक आत्मसन्तुष्टिलाई सुनिश्चित गर्न सन्तुलित जीवन जिउन पर्ने बताए। उनले गुम्बाको उद्घाटनमा सन्तुष्टि व्यक्त गर्दै गुम्बाको बाँकी विकासमा सरकारको पक्षबाटसहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री गोलेले आफ्नो सम्बोधनको क्रममा राज्य सरकारका विभिन्न जनकल्याणकारी योजनाहरूमाथि पनि प्रकाश पारे। यसै क्रममा बोल्दै उनले राज्यलाई विकासको दिशामा अझ अघि बड़ाएर लानको निम्ति जनसहभागिताको आह्वान पनि गरे। यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक विष्णु कुमार खतिवड़ाले वर्ष १९९०मा स्थापित यस गुम्बाको इतिहासमाथि प्रकाश पारेका थए। उनले लामा लाक्पा बम्जन म्हेमेको आध्यात्मिक शिक्षाको प्रशंसा गर्दै कार्यक्रममा उपस्थित भएकोमा मुख्यमन्त्रीलाई धन्यवाद दिए। अर्कोतिर लामा लाक्पा बम्जन म्हेमेले आफ्नो मन्तव्य राख्दै साङ्गाग छोलिङ गुम्बा अध्ययन र आध्यात्मिक विकासको केन्द्र हुने र राज्यको समृद्ध सांस्कृतिक विरासतलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यस असरमा मुख्यमन्त्री पीएस गोलेको बाहुलीबाट गुम्बाको निम्ति जमीन दान गर्ने जमीनदाता, वास्तुकार साथै स्थानीय समाजसेवी एवं लारिपाहरूलाई अभिन्नदन पनि जनाइयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *