आईपीएल २०२३: लो स्कोरिंग म्याचमा दिल्ली क्यापिटल्स ५ रनले विजयी

IMG-20230502-WA0290.jpg

२ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४४औं म्याचमा दिल्ली क्यापिटल्सले गत सीजनको विजेता गुजरात टाइटन्सलाई ५ रनले पराजित गऱ्यो। मंगलवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो। केवल २३ रनमा शीर्ष ५ विकेटको पतनपछि दिल्ली क्यापिटल्सलाई अमन हाकिम खानले सम्हाले। अमन हाकिमले ४४ बल खेलेर ३ वटा छक्का र ३ वटा चौकाको साथ सर्वाधिक ५१ रन बनाए। यसबाहेक अक्षर पटेलले २७ र रिपल पटेलले २३ रनको योगदान दिए। गुजरातका बलरहरूमा मोहम्मद शमीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा केवल ११ रन खर्च गरे। यसबाहेक मोहित शर्माले २ विकेट हासिल गरे। जवाफमा दिल्ली क्यापिटल्सले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो। केवल ३२ रनमा ४ विकेट गुमाएपछि कप्तान हार्दिक पाण्ड्याले ७ वटा चौकाको साथ ५३ बलमा अविजित ५९ रन बनाए पनि टीमलाई जिताउन सकेनन्। टीमको निम्ति कप्तान बाहेक अभिनव मनोहरले २६ र राहुल तेवतियाले लगातार ३ वटा छक्काको साथ ७ बलमा २० रन बनाए। दिल्लीका बलरहरूमा खलील अहमद र ईशान्त शर्माले २-२ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *