राजभवन, सिक्किमद्वारा गुजरात र महाराष्ट्रको ६३औँ स्थापना दिवस पालन

00-1-RajBhawan1

गान्तोक:  सिक्किमका राज्यपाल  लक्ष्मण प्रसाद आचार्यले गुजरात र महाराष्ट्र राज्य दिवसको अवसरमा गुजराती र मराठी जनतालाई बधाई दिएका छन् ।  देशको सांस्कृतिक विविधता र बहुआयामिक परम्परा मनाउने सरकारको जोड़लाई अगाडि बढाउँदै दुई राज्यको राज्य दिवस हिजो राजभवन, गान्तोक, सिक्किममा पालन गरियो। भारतको ‘विविधतामा एकता’ मनाउने एक भारत र श्रेष्ठ भारतको भावनालाई अनुशरण गर्दै देशभरिका राजभवन (राज्यपाल हाउस) ले दुई राज्यहरूको समृद्ध तथा जीवन्त संस्कृति प्रदर्शन गर्दै गुजरात र महाराष्ट्रको स्थापना दिवस बृहत् उत्साहका साथ मनाइयो। केन्द्र सरकारले ‘एक भारत श्रेष्ठ भारत’ लाई प्रवर्द्धन गर्नाका लागि सबै राज्यले आफ्नो राज्य स्थापना दिवस मात्र नभई अन्य राज्यको राज्य दिवस पनि मनाउने निर्णय लिएको छ। गुजरात र महाराष्ट्र बम्बई प्रान्तका भाग थिए। १  मई, १९६० मा गुजरात र महाराष्ट्र राज्यलाई स्वतन्त्र राज्यका रूपमा गठन गरियो। अन्य राज्यहरूको राज्य स्थापना दिवस मनाउने उद्देश्य राज्य बाहिरका मानिसहरूलाई स्थानीय आबादीसँग मिलाएर सद्भावको बन्धन सिर्जना गर्नु हो।

सिक्किममा विभिन्न प्रयोजनका लागि बसोबास गर्ने गुजराती र मराठा समुदायका मानिसहरू आफ्ना परिवारसहित उत्सवमा सहभागी भएका थिए। यस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमका राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यले केन्द्रको पहलको प्रशंसा गर्दै भने, ‘म यो पहललाई मेरो हृदयदेखि नै सम्मान गर्छु, यो निर्णयले राज्यहरू बीच समन्वय स्थापित गर्नेछ र एकार्काको संस्कृतिलाई चिनाएर एकताबद्ध गर्नेछl’

‘भारत एक विविधतायुक्त देश हो। हामीसँग विभिन्न धर्म, भाषा, संस्कृति, जाति आदि छन् र हाम्रो आफ्नै पहिचान छ। भारतको एकताका लागि यी सबै संस्कृति र तिनीहरूको विशिष्टतालाई बुझ्न र सम्मान गर्नु आवश्यक छ’, उनले भने। ‘यस कार्यक्रमबाट एकता, प्रेम र सद्भावको वातावरण बनाउनुपर्छ र विभिन्न रङ, स्वरूप र भाषा भएका यो देशका जनता एकरूपमा एकताबद्ध छन् भन्ने सन्देश विश्वमा जानुपर्छ’, राज्यपालले भने। पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *