
गान्तोक: सिक्किमका पूर्व पुलिस महानिर्देशक (डिजीपी) तथा वरिष्ठ भारतीय जनता पार्टी (भाजपा) नेता आरके हाण्डाको निधन भएको छ। सन् १९६७ ब्याचका आईपीएस अधिकृत हाण्डाले सन् २००२ मा सिक्किमको प्रहरी महानिदेशकको रूपमा सेवा पुर्याउनुभएको थियो।सरकारी सेवाबाट अवकाश लिएपछि उहाँ सक्रिय राजनीतिमा प्रवेश गर्दै भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध हुनुभएको थियो। उहाँको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले गहिरो शोक व्यक्त गरेका छन्।

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) केरलाका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। केरलास्थित लोक भवनमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री गोलेको उपस्थिति रहेको थियो। समारोहपश्चात् सामाजिक सञ्जालमार्फत बधाई दिँदै मुख्यमन्त्री गोलेले उच्च संवैधानिक पद सम्हालेकोमा माथुरलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। माथुरको लामो अनुभव, विशिष्ट जनसेवा र राष्ट्रप्रतिको समर्पणले केरलाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे।मुख्यमन्त्री गोलेले नवनियुक्त राज्यपाल माथुरको कार्यकाल सफल र फलदायी रहोस् भन्ने कामनासमेत गरेका छन्।

सिलगढी: सिलगढी पुलिस कमिसरेटअन्तर्गतको बागडोगरा थाना र विशेष कार्य समूहको संयुक्त टोलीले गुप्त सूचनाका आधारमा गरेको कारबाहीमा २७७ ग्राम शंकास्पद ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ।गत २२ अक्टोबर २०२६ को राति राष्ट्रिय राजमार्ग-२७ नजिकैको खन्ना होटल परिसरमा चलाइएको छापा मार अभियानमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।पक्राउ पर्नेहरूमा मालदा जिल्लाअन्तर्गत कालियाचक थाना क्षेत्रको कालियाचक हाटखोला निवासी २५ वर्षीय इस्राइल हक उर्फ साहिल र २३ वर्षीय वासी अहमद रहेका छन्। उनीहरूको साथबाट संयुक्त रूपमा २७७ ग्राम ब्राउन सुगर बरामद गरिएको पुलिसले जनाएको छ।बरामद गरिएको उक्त अवैध लागूपदार्थलाई एनडीपीएस ऐनका प्रावधान र निर्देशिकाबमोजिम कानुनी प्रक्रिया पूरा गरी जफत गरिएको छ। यस घटनासम्बन्धी बागडोगरा थानामा एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

क्राइस्टचर्च: विश्व च्याम्पियन भारतले बिहीवार क्राइस्टचर्चको हेग्ले ओवलमा खेलिएको म्याचमा आयोजक न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरी इतिहास रच्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ४ विकेट गुमाएर २२५ रनको विशाल स्कोर बनायो। जवाफमा भारतले २ बल बाँकी रहँदै ६ विकेटमा २३० रन बनाएर म्याच जित्यो। यो भारतको टी२० अन्तर्राष्ट्रिय प्रारूपमा सबैभन्दा सफल रन चेज (लक्ष्यलाई हासिल गर्नु) हो। यसअघि भारतले न्यूजील्याण्डविरुद्ध नै २०२६-मा रायपुरमा खेलिएको म्याचमा २०९ रनको लक्ष्यलाई सफलतापूर्वक हासिल गरेको थियो। यसरी २०२३-मा अष्ट्रेलियाविरुद्ध पनि भारतले विशाखापत्तनममा २०९ रनको लक्ष्यलाई हासिल गरेको थियो। समग्रमा टी२० अन्तर्राष्ट्रियमा सबैभन्दा सफल रन चेजको रेकर्ड दक्षिण अफ्रिकाको नाममा रहेको छ, जसले २०२३-मा वेष्ट इण्डिजविरुद्ध २५९ रनको लक्ष्य सफलतापूर्वक हासिल गरेको थियो। आज भारतको ऐतिहासिक जीतमा सञ्जु सेमसनको महत्त्वपूर्ण भूमिका रह्यो, जसले ३३ बलमा ८ वटा चौका र ४ वटा चौकाको सहायताले सर्वाधिक ६७ रन बनाए। उनलाई प्लेयर अफ द म्याच चयन गरियो। उनले साथी ओपनर अभिषेक शर्मा (२९ रन)-सँग पहिलो विकेटको निम्ति ३५ बलमा ९३ रनको साझेदारी गरे। अभिषेकले १२ बल खेलेर ३ वटा छक्का र २ वटा चौका लगाए। भारतले पछिबाट अभिषेक, सेमसन, तिलक वर्मा र ईशान किशनको विकेट लगातार अन्तरालमा गुमायो। तिलक ६ र ईशान १ रन बनाएर आउट हुँदा एक समय भारतको स्कोर ४ विकेटमा १२२ रन रहेको थियो। त्यहाँबाट कप्तान श्रेयस अय्यरले पहिला अक्षर पटेल (२४ रन)-सँग पाँचौं विकेटको निम्ति ४५ रन अनि पछिबाट नमन धीर (अविजित ४२ रन)-सँग छैटौं विकेटको निम्ति ४३ रनको ससाना तर महत्त्वपूर्ण साझेदारी गरी स्थिति सम्हाले। श्रेयसले २ वटा छक्का र एउटा चौकाको सहायताले २८ बलमा ४२ रन बनाए। श्रेयस १९औं ओभरमा आउट भएपछि नमन धीरले नितिश कुमार रेड्डी (अविजित २ रन)-सँग मिलेर भारतलाई रोमाञ्चक जीत दिलाए। धीरले १५ बलको सामना गरी ५ वटा चौका र २ वटा छक्का लगाए। न्यूजील्याण्डका बलरहरूमा माइकल ब्रेसवेल र कप्तान मिचेल सेण्टनरले २-२ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डको तर्फबाट ग्लेन फिलिप्सले अविजित ८२ रनको विध्वंसी ईनिंग्स खेले। उनले ४० बल खेलेर ८ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक फिन एलनले ४५, बेभोन जेकब्सले ३१ र टिम साइफर्टले २४ रनको योगदान दिए। एलनले २४ बल खेलेर ५ वटा चौका र २ वटा छक्का लगाए। यसरी जेकब्सले १६ बलको सामना गरी ३ वटा छक्का लगाए। भारतीय बलरहरूमा अर्शदीप सिंह, मयंक यादव र अक्षर पटेलले १-१ विकेट हासिल गरे।

मेलबर्न: क्रिकेट अष्ट्रेलियाले बिहीवार महिला क्रिकेट टोलीकी पेस बलर मेगन शट्लाई डाक्टरहरूद्वारा स्वीकृत (प्रिस्क्रिप्शन) दवाईहरूको प्रयोगसँग सम्बन्धित नियमहरू पालन नगरेको मामिलामा २ वटा म्याचको निम्ति प्रतिबन्धित गरिएको जानकारी दियो। क्रिकेट अष्ट्रेलिया (सीए)-ले बताएअनुसार, यी २ वटा म्याचको प्रतिबन्धमा सबै अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट म्याच सामेल छ। यसले गर्दा यस पेस बलरले बिहीवार नर्थ सिडनी ओवलमा न्यूजील्याण्डविरुद्ध खेलिने तेस्रो तथा अन्तिम टी२० अन्तर्राष्ट्रिय म्याचमा हिस्सा लिन सकिनन्। यसको साथमा मेगनले ३१ अक्टोबरमा मेलबर्न स्टार्सविरुद्ध वेबर डब्ल्यूबीबीएल १२-मा एडिलेड स्ट्राइकर्सको तर्फबाट पहिलो म्याचमा पनि हिस्सा लिन सक्नेछैनन्। सीए-ले आफ्नो बयानमा स्पोर्टस साइन्स र स्पोर्टस मेडिसिन दिशानिर्देशहरूअन्तर्गत प्रिस्क्रिप्शन दवाईहरूसँग सम्बन्धित नियमहरूको पालन नगरिएको यो कार्वाही गरिएको जानकारी दिएको छ। यसको साथमा सीए-ले यो घटना प्रतियोगितादेखि बाहिर भएको अनि यसको उद्देश्य प्रदर्शनमा असल बनाउनु नरहेको जानकारी दिएको छ। यस ३३ वर्षीय पेस बलरले पनि आफ्नो गल्ती मानेर शास्ती स्वीकार गरेकी छन्। शट्ले आफ्नो बयानमा भनेकी छन्, म दिइएको शास्तीलाई सम्पूर्ण रूपले स्वीकार गर्छु अनि मसँग जुन मानक अपेक्षित थियो, त्यसलाई पूरा गर्न नसकेकोमा माफी माग्छु। यस घटनालाई लिएर मलाई खेद छ अनि प्राप्त भएको समर्थनको निम्ति म आभारी छु। यो घटना प्रतियोगितादेखि बाहिर भएको हुनाले यसको प्रदर्शनसँग कुनै लेनदेन थिएन तर स्पोर्टस साइन्स र स्पोर्टस मेडिसिन दिशानिर्देशहरूलाई पालन गर्नु मेरो जिम्मेवारी हो। खेलाड़ीहरूलाई यी दिशानिर्देशहरूबारे नियमित रूपमा जानकारी दिइन्छ अनि मैले त्यसलाई पालन गर्नु पर्ने थियो। यसरी सीए-ले उनीहरू मेगन शट्लाई उचित समर्थन दिन जारी राख्ने अनि खेलको प्रतिनिधित्व गर्ने सबै खेलाड़ीहरूबाट अपेक्षित मानकहरू अनि जिम्मेवारीहरूलाई अझ मजबूत गर्ने जानकारी दिएको छ। उल्लेखनीय छ, शट्ले हालै बंग्लादेशविरुद्ध वनडे सीरीजमा असाधारण प्रदर्शन गर्दै ७.१-को औसतले १० विकेट लिएकी थिइन्। उनलाई प्लेयर अफ द सीरीज चयन गरिएको थियो।

रावलपिण्डी: ईंग्ल्याण्डका कप्तान ह्यारी ब्रूकले बिहीवार रावलपिण्डी क्रिकेट स्टेडियममा श्रीलंकाविरुद्ध त्रिकोणीय वनडे सीरीजको तेस्रो म्याचमा दोहोरो शतकको साथ इतिहास रचे। ब्रूकले म्याचमा केवल ११४ बलमा दोहोरो शतक पूरा गरे। यसको साथै उनी क्रिकेटको वनडे प्रारूपमा सबैभन्दा तेज दोहोरो शतक लगाउने ब्याटर बने। यस मामिलामा उनले भारतीय कप्तान शुभमन गिलको रेकर्ड तोड़े, जसले हालै वेष्ट इण्डिजविरुद्ध ११७ बलमा यस आँकड़ालाई छोएका थिए। यसरी गिलको रेकर्ड अधिक समयसम्म कायम रहन सकेन। यस सूचीमा भारतकै ईशान किशन तेस्रो स्थानमा छन्, जसले बंग्लादेशविरुद्ध १२६ बलमा दोहोरो शतक बनाएका थिए। ब्रूकले आज ११६ बलको सामना गरी अविजित २०२ रन बनाए, जसमा २१ वटा चौका र १० वटा छक्का सामेल छ। कप्तानको रेकर्ड दोहोरो शतकको सहायताले ईंग्ल्याण्डले ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रनको विशाल स्कोर बनायो। ब्रूक आज अष्ट्रेलियाका ग्लेन म्याक्सवेलपछि वनडेमा दोहोरो शतक लगाउने यस्ता क्रिकेटर बने, जो ओपनर होइनन्। वनडे क्रिकेटमा अहिलेसम्म केवल १४ पल्ट ब्याटरहरूले दोहोरो शतक बनाएका छन्। यसमा भारतका पूर्व कप्तान रोहित शर्मा शीर्षमा छन्, जसले १३ नोभेम्बर २०१४-मा श्रीलंकाविरुद्ध ईडन गार्डन्समा २४६ रनको ईनिंग्स खेलेका थिए। ब्रूक ईंग्ल्याण्डको तर्फबाट वनडे प्रारूपमा दोहोरो शतक बनाउने पहिलो क्रिकेटर बने। यसअघि वनडेमा सर्वाधिक स्कोरको रेकर्ड बेन स्टोक्सको नाममा रहेको थियो, जसले २०२३-मा न्यूजील्याण्डविरुद्ध १८२ रन बनाएका थिए।

खरसाङ: युनेस्कोको विश्व विरासत सूचीमा रहेको दार्जिलिङ हिमालयन रेलवेले यस वर्षको पूजाको सिजनमा गत १ अक्टोबरदेखि २१ अक्टोबर सम्ममा १२ हजारभन्दा अधिक यात्रीहरुलाई सेवा पुर्याउँदै लगभग १ करोड ४२ लाख रुपियाँको रेकर्ड आम्दानी गरेको छ। वर्षौदेखि पहाड घुम्न आउने पर्यटकहरूमाझ यो ऐतिहासिक वाष्पचालित र डिजेल रेल ठूलो आकर्षणको केन्द्र बनिरहेको भने पूजाको यस सिजनमा दार्जीलिङ हिमालयन रेलवेद्वारा प्रदान गरिएका विभिन्न विशेष सेवाहरूले देश-विदेशबाट आउने पर्यटकहरूलाई अधिक आकर्षित गरेको बताइएको छ। दार्जीलिङ हिमालायन रेलवेले यस पूजाको सिजन अघि खरसाङदेखि महानदीसम्म दैनिक दुइवटा रेलवे सेवा पनि शुरु गरेको छ। यी दुइ रेल सेवामा डिजल ईञ्जिनको मुक्तधारा र वाष्पचालित ईञ्जिनको रेड पाण्डा सेवा शुरु गरिएको छ। यसको साथै पर्यटकीय सिजनमा दार्जीलिङदेखि घुमसम्म धेरैवटा डिजल तथा वाष्पचालित रेलसेवाको सञ्चालन सँधै झैं दैनिक रुपमा जारी रहेको छ। डीएचआरले आफ्नो विरासतको संरक्षण गर्दै हिमालयको सौन्दर्य अवलोकन गर्न आउने पर्यटकहरूको यात्रालाई अझ सहज र स्मरणीय बनाउन सधैं प्रतिबद्ध रहेको जनाएको छ।

नयाँ दिल्ली: अक्टोबर २२ को इतिहास देश र दुनियाँका थुप्रै ठूला तथा ऐतिहासिक घटनाहरूसँग जोडिएको छ। यस दिन चन्द्रयान-१ को प्रक्षेपण (सन् २००८), भारत-पाकिस्तानबीचको पहिलो युद्धको सुरुवात (सन् १९४७), क्रान्तिकारी अशफाक उल्ला खाँको जन्म (सन् १९००) र भारतको कबड्डी विश्वकप विजय (सन् २०१६) जस्ता प्रमुख घटनाहरू भएका छन्।देश-दुनियाँको इतिहासमा अक्टोबर २२ को मितिमा घटेका अन्य प्रमुख घटनाहरूको सिलसिलेवार विवरण यसप्रकार छ~१६८०: मेवाडका महान शासक महाराणा राज सिंह प्रथमको ओडा ग्राम (उदयपुर नजिक) मा निधन भयो। इतिहासका धेरै स्रोतहरूका अनुसार औरंगजेबको षड्यन्त्रअन्तर्गत खानामा विष दिएर उनको अप्रत्याशित मृत्यु गराइएको थियो। उनले मुगल सम्राट औरंगजेबको हिन्दुविरोधी नीति र जजिया करको कडा विरोध गरेका थिए।१७९७: फ्रान्सका आंद्रे-जैक्स गार्नेरिनले दुनियाँसामु पहिलो सफल प्यारासुट जम्पको प्रदर्शन गरेका थिए। उनले पेरिसमा एक हाइड्रोजन बेलुनको सहयोगमा लगभग ३,२०० फिट (लगभग १,००० मिटर) को उचाइसम्म उडान भरे। त्यति उचाइमा पुगेर उनले आफूलाई बेलुनबाट अलग गरे। उनको प्यारासुट क्यानभासबाट बनेको थियो र हेर्दा एउटा विशाल छाता जस्तो देखिन्थ्यो। यद्यपि हावाको दबाबका कारण उनको प्यारासुट हावामा निकै हल्लियो र उनले केही झट्का पनि महसुस गरे, तर उनी सुरक्षित रूपमा जमिनमा ओर्लन सफल भए। यसपछि आंद्रे-जैक्स गार्नेरिनलाई इतिहासको पहिलो वास्तविक प्यारासुटर मानियो र यो आविष्कारले पछि गएर उड्डयन तथा सैन्य अभियानहरूमा सुरक्षाका नयाँ बाटोहरू खोल्यो।१८६७: कोलम्बियाको नेशनल युनिभर्सिटी (राष्ट्रिय विश्वविद्यालय) को आधिकारिक रूपमा स्थापना गरिएको थियो। राष्ट्रपति सांतोस अकोस्टाको कार्यकालमा कानुन ६६ पारित भएसँगै यो प्रतिष्ठित संस्थाको जग बसेको थियो, जुन आज कोलम्बियाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण उच्च शिक्षा केन्द्रहरूमध्ये एक हो।यसको सुरुवात छवटा मुख्य विभागहरूसँग भएको थियो—कानुन, चिकित्सा, प्राकृतिक विज्ञान, इन्जिनियरिङ, कला र शिल्प, तथा दर्शनशास्त्र।यो कोलम्बियाको पहिलो आधिकारिक राष्ट्रिय तथा सार्वजनिक विश्वविद्यालय थियो, जसको उद्देश्य देशमा शिक्षाको आधुनिकीकरण गर्नु थियो।१८७५: अर्जेन्टिनामा पहिलो टेलिग्राफिक कनेक्सनको सुरुवात भयो। यो पहिलो टेलिग्राफिक सन्देश राजधानी ब्युनस आयर्स र बियान्ड सहरबीच पठाइएको थियो।यो ऐतिहासिक कदम अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति डोमिंगो फास्टिनो सारमिएन्टोको प्रयासको परिणाम थियो, जसले देशको आधुनिकीकरण र सञ्चार प्रणालीलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।१८७९: बेलायती शासनविरुद्ध भारतको पहिलो सशस्त्र विद्रोह गर्ने महान क्रान्तिकारी वासुदेव बलवंत फड्केविरुद्ध राजद्रोहको मुद्दा सुरु भयो। वासुदेव बलवंत फड्केलाई भारतीय स्वतन्त्रता संग्रामका ‘आद्य क्रान्तिकारी’ (पहिलो क्रान्तिकारी) भनिन्छ। बेलायती शासनकालमा किसानहरूको दयनीय अवस्था र कुपोषण तथा भुखमरी देखेर उनले अंग्रेजहरूविरुद्ध सशस्त्र विद्रोहको संगठन तयार गरेका थिए। फड्केलाई जुलाई १८७९ मा विजापुर (कर्नाटक) को एउटा गाउँबाट गिरफ्तार गरिएको थियो, त्यसपछि २२ अक्टोबर १८७९ मा पुणेमा उनीविरुद्ध ऐतिहासिक मुद्दा चलाइयो। उनीमाथि बेलायती सरकारको सत्तापलट गर्ने षड्यन्त्र र सम्राटविरुद्ध युद्ध छेड्ने (राजद्रोह) आरोप लगाइएको थियो। मुद्दाको फैसलापछि उनलाई कालोपानी (आजीवन कारावास) को सजाय सुनाइयो र अदन (यमन) को जेलमा पठाइयो, जहाँ १८३३ मा भोक हड्तालका कारण उनको निधन भयो।१८८३: न्यूयोर्क सहरमा प्रसिद्ध मेट्रोपोलिटन ओपेरा हाउस (जसलाई ‘ओल्ड मेट’ पनि भनिन्छ) को उद्घाटन भयो। यस ऐतिहासिक अवसरमा पहिलो कार्यक्रम फ्रान्सेली संगीतकार चार्ल्स गौनोडको प्रसिद्ध ओपेरा ‘फाउस्ट’ प्रस्तुत गरिएको थियो।१९४७: पाकिस्तान समर्थित कबायली घुसपैठिया र अनियमित सेनाहरूले मुजफ्फराबादको बाटो हुँदै जम्मू-कश्मीरमा आक्रमण गरे, जसको परिणामस्वरुप प्रथम भारत-पाक युद्धको सुरुवात भयो। राजा हरिसिंहले २६ अक्टोबरमा भारतसँगको विलय पत्रमा हस्ताक्षर गरे, त्यसपछि भारतीय सेनाले मोर्चा सम्हाल्यो र यो संघर्ष १ जनवरी १९४९ मा युद्धविराम (सीजफायर) सँगै समाप्त भयो।१९६३: भारतको सबैभन्दा ठूलो बहुउद्देशीय नदी उपत्यका परियोजना ‘भाखड़ा नांगल’ (सतलज नदीमा) तत्कालीन प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूद्वारा राष्ट्रलाई समर्पित गरिएको थियो। यो परियोजना हिमाचल प्रदेशको बिलासपुर जिल्लामा सतलज नदीमा बनाइएको हो र यसबाट पञ्जाब, हरियाणा र राजस्थान लाभान्वित हुन्छन्।१९६४: फ्रान्सेली दार्शनिक र लेखक ज्यां-पॉल सार्त्रले साहित्यको नोबेल पुरस्कार स्वीकार गर्न अस्वीकार गरे। उनी इतिहासका त्यस्ता पहिलो व्यक्ति थिए जसले स्वेच्छाले यो प्रतिष्ठित पुरस्कार अस्वीकार गरे। सार्त्रको मान्यता थियो कि एक लेखकले आफूलाई कुनै संस्था वा पुरस्कारसँग बाँध्नु हुँदैन। उनको तर्क थियो कि पुरस्कार स्वीकार गर्दा उनको लेखनको स्वतन्त्रता र निष्पक्षता प्रभावित हुनेछ। उनले स्पष्ट पारे कि उनले आफ्नो नामको अगाडि “नोबेल पुरस्कार विजेता” जस्तो कुनै आधिकारिक फुर्को झुन्ड्याउन चाहेनन्, किनकि पाठकहरूले उनको विचारलाई कुनै पनि बाह्य प्रभावबिना नै मूल्याङ्कन गर्नुपर्छ।१९६६: बेलायतको इतिहासको सबैभन्दा सनसनीखेज घटनाहरूमध्ये एक घट्यो, जब देशका सबैभन्दा कुख्यात डबल एजेन्ट जर्ज ब्लेक लन्डनको वर्मवुड स्क्रब्स जेलबाट निकै दुस्साहसिक तरिकाले फरार भए। जर्ज ब्लेक बेलायती खुफिया एजेन्सी एमआई६ का एक अधिकारी थिए, जो गोप्य रूपमा सोभियत संघको खुफिया एजेन्सी केजीबीका लागि काम गरिरहेका थिए। उनले लगभग ४० बेलायती एजेन्टहरूको पहिचान सोभियत संघलाई बताइदिएका थिए, त्यसपछि सन् १९६१ मा उनलाई ४२ वर्षको सजाय सुनाइएको थियो। जेलमा रहेका ब्लेकको भेट केही यस्ता कैदीहरूसँग भयो जो बेलायती सरकारविरोधी थिए। ब्लेकलाई जेलबाट भगाउन मुख्य रूपमा सीन बर्क (एक पूर्व कैदी) र दुई परमाणु-विरोधी कार्यकर्ताहरू (माइकेल र्यान्डल र प्याट पटल) ले सहयोग गरेका थिए।१९७५: सोभियत संघको भेनेरा-९ अन्तरिक्षयान शुक्र ग्रहको सतहमा सफलतापूर्वक अवतरण गर्यो। यो इतिहासमा कुनै अर्को ग्रहको सतहबाट पहिलोपटक ब्ल्याक-एंड-व्हाइट तस्बिरहरू पठाउने पहिलो अन्तरिक्षयान बन्यो। शुक्रको अत्यधिक तातो (लगभग ४८५डिग्री सेल्सियस) र भारी वायुमण्डलीय दबाब भएको वातावरणमा यो यान सतहमा लगभग ५३ मिनेटसम्म जीवित रह्यो र डेटा पठाइरह्यो।१९७५: अस्ट्रियाको राजधानी भियनाका लागि टर्कीका राजदूत दानिश तुनालिगिलको तीन बन्दुकधारीले गोली हानेर हत्या गरे। यस आक्रमणको जिम्मेवारी अर्मेनियाली चरमपन्थी संगठनहरू ‘जस्टिस कमाण्डोज अफ द अर्मेनियाली जेनोसाइड’ र ‘अर्मेनियाली सिक्रेट आर्मी फर द लिबरेसन अफ अर्मेनिया’ ले लिएका थिए।२००४: संयुक्त राष्ट्र संघको संस्था अंकटाड (व्यापार तथा विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन) को विश्व लगानी रिपोर्टअनुसार, विदेशमा लगानी गर्ने मामिलामा भारत १४ औँ स्थानमा थियो।२००२: सीका (एसियामा संवाद र विश्वास-निर्माण उपायसम्बन्धी सम्मेलन) का सदस्य राष्ट्रहरूले आतंकवादविरुद्ध मिलेर लड्ने र यसलाई पूर्ण रूपमा समाप्त गर्ने संयुक्त संकल्प व्यक्त गरे। सबै सदस्य राष्ट्रहरूले आतंकवादको कुनै औचित्य हुन सक्दैन र विश्व शान्तिका लागि यसलाई मिलेर परास्त गर्नुपर्छ भन्ने कुरामा सहमति जनाए।२००६: अफगानिस्तानमा भारी मात्रामा अवैध लागुऔषध (ड्रग्स) जफत गरियो। यो कारबाही त्यस समयमा गरिएको थियो जब अफगानिस्तानमा अफिम र अन्य लागुऔषधको उत्पादन विश्वव्यापी रूपमा आफ्नै रेकर्ड स्तरमा पुगेको थियो। संयुक्त राष्ट्र लागुऔषध तथा अपराध कार्यालयको रिपोर्टअनुसार, त्यो वर्ष अफगानिस्तानमा अफिमको खेतीमा ५९% को भारी वृद्धि भएको थियो। जफत गरिएको लागुऔषधको यो कारबाही निकै महत्त्वपूर्ण थियो किनभने लागुऔषधको व्यापारबाट हुने आम्दानीको ठुलाे हिस्सा सीधा रूपमा तालिबान र अन्य विद्रोही समूहहरूलाई हतियार आपूर्तिको लागि गइरहेको थियो।२००७: चिनियाँ कम्युनिष्ट पार्टीको १७ औँ राष्ट्रिय कांग्रेसको समापनपछि, हू जिन्ताओलाई औपचारिक रूपमा लगातार दोस्रो पाँचवर्षे कार्यकालका लागि पार्टीको महासचिब (प्रमुख) चुनियो। यसका साथै उनलाई देशको केन्द्रीय सैन्य समितिको अध्यक्षमा पनि पुनः नियुक्त गरियो, जसले चीनको शीर्ष नेताको रूपमा उनको स्थिति अझ बलियो बनायो। उनी २००२ देखि २०१२ सम्म यस पदमा रहे।२००८: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्ट्रो) ले अन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट भारतको पहिलो चन्द्र मिशन ‘चन्द्रयान-१’ को प्रक्षेपण गर्यो। यो

कोहिमा: मोकोकचुङ र तुएनसाङ जिल्लामा नक्कली मदिरा सेवनबाट २३ जनाको मृत्यु भएको खबरबीच नेशनल पिपुल्स पार्टीका राष्ट्रिय उपाध्यक्ष भेभोयी विडियो डी. भाडेओले नागाल्यान्ड मदिरा पूर्ण निषेध कानून, १९८९ लाई ‘स्क्याम’ भएको आरोप लगाएका छन्।सामाजिक सञ्जालमा लेख्दै उनले उक्त कानूनले कालोबजारीलाई बढावा दिएको बताए। ‘जफतको नाटक बन्द गर्नुहोस्, यो कानूनले अपराधीलाई सजाय नै दिन सक्दैन। यो निषेध होइन, नागाल्यान्ड लेथल ट्रेड प्रोटेक्सन एक्ट हो,’ उनले लेखे।उनले दफा ४३ को उल्लेख गर्दै अदालतले निषेध निर्देशकको उजुरी बिना मुद्दा हेर्न नमिल्ने प्रावधानले पुलिसको अभियोगपत्रका आधारमा कारबाही हुन नसकेको बताए। गौहाटी उच्च न्यायालय, कोहिमा बेन्चले २५ नोभेम्बर, २०२४ मा पनि यही कठिनाइ औंल्याएको उनले स्मरण गराए।‘३ वर्ष कैद हुने कानून व्यवहारमा गैर-संज्ञेय बनेको छ,’ उनले भने। सरकारको हातमा २३ जनाको रगत रहेको आरोप लगाउँदै उनले प्रभावकारी कार्यान्वयन वा प्रतिबन्ध हटाउने निर्णय लिन माग गरे।यसैबीच, नागाल्यान्ड राज्य मानव अधिकार आयोगले स्वतः संज्ञान लिई चार हप्ताभित्र प्रतिवेदन माग गरेको छ।
Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com
Copyright © All rights reserved 2026. The Republic Indian Infotainment.