केरलाका नवनियुक्त राज्यपाल माथुरको शपथ ग्रहणमा मुख्यमन्त्री गोले सहभागी

FB_IMG_1792763392254

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) केरलाका नवनियुक्त राज्यपाल ओम प्रकाश माथुरको शपथ ग्रहण समारोहमा सहभागी भएका छन्। केरलास्थित लोक भवनमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री गोलेको उपस्थिति रहेको थियो।

​समारोहपश्चात् सामाजिक सञ्जालमार्फत बधाई दिँदै मुख्यमन्त्री गोलेले उच्च संवैधानिक पद सम्हालेकोमा माथुरलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। माथुरको लामो अनुभव, विशिष्ट जनसेवा र राष्ट्रप्रतिको समर्पणले केरलाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे।
​मुख्यमन्त्री गोलेले नवनियुक्त राज्यपाल माथुरको कार्यकाल सफल र फलदायी रहोस् भन्ने कामनासमेत गरेका छन्।

About Author

Advertisement