पूजा सिजनमा दार्जिलिङ हिमालयन रेलवेको लगभग १ करोड ४२ लाख रुपियाँको रेकर्ड कमाई

IMG-20261022-WA0077

खरसाङ: युनेस्कोको विश्व विरासत सूचीमा रहेको दार्जिलिङ हिमालयन रेलवेले यस वर्षको पूजाको सिजनमा गत १ अक्टोबरदेखि २१ अक्टोबर सम्ममा १२ हजारभन्दा अधिक यात्रीहरुलाई सेवा पुर्याउँदै लगभग १ करोड ४२ लाख रुपियाँको रेकर्ड आम्दानी गरेको छ। वर्षौदेखि पहाड घुम्न आउने पर्यटकहरूमाझ यो ऐतिहासिक वाष्पचालित र डिजेल रेल ठूलो आकर्षणको केन्द्र बनिरहेको भने पूजाको यस सिजनमा दार्जीलिङ हिमालयन रेलवेद्वारा प्रदान गरिएका विभिन्न विशेष सेवाहरूले देश-विदेशबाट आउने पर्यटकहरूलाई अधिक आकर्षित गरेको बताइएको छ। दार्जीलिङ हिमालायन रेलवेले यस पूजाको सिजन अघि खरसाङदेखि महानदीसम्म दैनिक दुइवटा रेलवे सेवा पनि शुरु गरेको छ। यी दुइ रेल सेवामा डिजल ईञ्जिनको मुक्तधारा र वाष्पचालित ईञ्जिनको रेड पाण्डा सेवा शुरु गरिएको छ। यसको साथै पर्यटकीय सिजनमा दार्जीलिङदेखि घुमसम्म धेरैवटा डिजल तथा वाष्पचालित रेलसेवाको सञ्चालन सँधै झैं दैनिक रुपमा जारी रहेको छ। डीएचआरले आफ्नो विरासतको संरक्षण गर्दै हिमालयको सौन्दर्य अवलोकन गर्न आउने पर्यटकहरूको यात्रालाई अझ सहज र स्मरणीय बनाउन सधैं प्रतिबद्ध रहेको जनाएको छ।

About Author

Advertisement