
गान्तोकमा आबकारी विभागद्वारा ‘नशामुक्त सप्ताह’ पालन: कुलत र अवैध ओसारपसार विरुद्ध शपथ ग्रहण
गान्तोक: सिक्किम सरकारको आबकारी विभागकी सचिव सुश्री यिशे डी. योङ्दाले आज विभागका सम्पूर्ण अधिकारी तथा कर्मचारीहरूलाई लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार विरुद्ध ‘नशामुक्त शपथ’ गराउनुभएको छ।



















