मुख्यमन्त्रीद्वारा एसआईआर फारम दर्ता, सबै नागरिकलाई समयमै बुझाउन आह्वान

FB_IMG_1782123490237

सोरेंग: ​सोरेंग जिल्लाका सुपरभाइजर श्री जस बहादुर तामाङ तथा बूथ लेवल ऑफिसर(बीएलओ) द्वय श्री सेमी हाङ लिम्बू र श्री दीपसन तामाङको उपस्थितिमा आज मुख्यमन्त्री प्रेम सिंह तामाङ) ले आफ्नो एसआईआर फारम सफलतापूर्वक दर्ता गराउनुभएको छ।
​फारम दर्ता गराएपछि मुख्यमन्त्रीले सम्पूर्ण योग्य नागरिकहरूलाई तोकिएको समयसीमा भित्र आफ्नो एसआईआर फारम भरेर बुझाउन विशेष आग्रह गर्नुभएको छ। यस प्रक्रियामा सहभागी हुनुले हाम्रा अभिलेखहरूलाई सधैं सही र दुरुस्त राख्न मद्दत गर्ने र यसले हाम्रो लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने कुरामा उहाँले जोड दिनुभएको छ।

About Author

Advertisement