मुख्यमन्त्रीद्वारा आभार प्रकट
गान्तोक: पाक्योङ जिल्लाको स्वास्थ्य सेवा तथा आपत्कालीन चिकित्सा सेवालाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्लालाई एम्बुलेन्सहरू हस्तान्तरण गरिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले एक गरिमामय कार्यक्रमका बीच यी एम्बुलेन्सहरूलाई हरियो झण्डा देखाएर प्रस्थान (फ्ल्याग अफ) गराउनुभएको छ।
माननीय राज्य सभा सांसद श्री डी.टी. लेप्चाको विशेष पहल तथा इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल)को संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको आर्थिक सहयोगमा यी एम्बुलेन्सहरू उपलब्ध गराइएका हुन्।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा राज्य सभा सांसद श्री डी.टी. लेप्चा, आयल इन्डिया लिमिटेड, कोलकाताका सीएसआर प्रमुख (श्री अजय कुमार वजीरका साथै ‘वी फाउन्डेसन’का प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत यस परोपकारी कार्यका लागि सांसद डी.टी. लेप्चा र इन्डियन आयल कर्पोरेसन लिमिटेडप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। यस सराहनीय पहलले पाक्योङ जिल्लाको स्वास्थ्य पूर्वाधारलाई ठूलो टेवा पुग्ने र स्थानीय जनताले समयमै आपत्कालीन स्वास्थ्य सेवा पाउने विश्वास मुख्यमन्त्रीले व्यक्त गर्नुभएको छ।










