स्टार हेल्थले पश्चिम बंगालमा ६ लाखभन्दा बढी दाबी फर्छ्योट गर्दै ३,२०० करोड रुपैयाँभन्दा बढी भुक्तानी

7384fc27-aacb-48ca-a256-21b7b245972f

कोलकाता: भारतका प्रमुख स्वतन्त्र स्वास्थ्य बीमा कम्पनीमध्ये एक स्तर हेल्थ एण्ड एलाइड ईंन्शुरेन्स कंपनी लिमिटेड (एनएसई: स्टारहेल्थ , बीएसई: ५४३४१२) ले पश्चिम बंगालमा स्वास्थ्य बीमाको पहुँच विस्तार तथा स्वास्थ्य सेवासम्बन्धी सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।
कम्पनीका अनुसार पश्चिम बंगालमा स्थापना भएदेखि हालसम्म ६ लाखभन्दा बढी स्वास्थ्य बीमा दाबी फर्छ्योट गरिएको छ। ती दाबीअन्तर्गत ३,२०० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ। यो उपलब्धिले राज्यका ग्राहकलाई उपलब्ध गराइएको वित्तीय सुरक्षाको व्यापक स्तरलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।
पश्चिम बंगाल स्टार हेल्थका लागि निरन्तर महत्वपूर्ण बजारका रूपमा रहँदै आएको छ। कम्पनीले राज्यभर ६० भन्दा बढी शाखा र ६५० भन्दा बढी नेटवर्क अस्पतालमार्फत आफ्नो सेवा विस्तार गरेको छ।
वित्त वर्ष २०२५/२६ मा मात्रै कम्पनीले पश्चिम बंगालमा १ लाख १८ हजारभन्दा बढी दाबी फर्छ्योट गरेको थियो, जसको कुल रकम ६०० करोड रुपैयाँभन्दा बढी रहेको थियो। यस्तै, वित्त वर्ष २०२६/२७ को पहिलो त्रैमासिकमा ३३ हजारभन्दा बढी दाबी फर्छ्योट गरिएको र त्यसअन्तर्गत १४० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ।
स्टार हेल्थ इन्स्योरेन्सका पश्चिम बंगाल बिजनेस हेड अतिन रोयले पश्चिम बंगाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको बताए। उनका अनुसार राज्यमा ग्राहकहरूले पर्याप्त सुरक्षा, किफायती मूल्य र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने स्वास्थ्य बीमाको खोजी बढाइरहेका छन्।
रोयले भने, “६५० भन्दा बढी अस्पतालको हाम्रो नेटवर्कले राज्यभर ग्राहकलाई सेवा प्रदान गर्न बलियो आधार तयार गरेको छ। साथै, विस्तार भइरहेको वितरण सञ्जालले कोलकातासँगै उदीयमान बजारमा रहेका परिवारसम्म पुग्न हामीलाई सहयोग गरिरहेको छ।”
उनका अनुसार कम्पनीले प्रविधिमा आधारित दाबी सहायता, टेलिमेडिसिन तथा घरमै स्वास्थ्य सेवा जस्ता सुविधामार्फत आफ्नो सेवा प्रणालीलाई थप सुदृढ बनाउँदैछ। आगामी दिनमा ग्राहकको सम्पूर्ण स्वास्थ्य यात्रामा स्वास्थ्य बीमालाई अझ सान्दर्भिक बनाउने, सही समयमा उपयुक्त उपचारमा पहुँच सुधार गर्ने तथा पर्याप्त स्वास्थ्य सुरक्षाको महत्वबारे जनचेतना बढाउने कम्पनीको प्राथमिकता रहेको उनले बताए।
बीमाभन्दा अगाडि बढ्दै एकीकृत स्वास्थ्य सेवा:
स्टार हेल्थले आफ्नो व्यापक नेटवर्कको आधारमा स्वास्थ्य बीमासँगै ग्राहकको सम्पूर्ण स्वास्थ्य यात्रामा आफ्नो भूमिका विस्तार गरिरहेको जनाएको छ। यसअन्तर्गत स्वास्थ्य बीमा, निवारक स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, अस्पताल भर्नासम्बन्धी सहायता, दाबी सहायता तथा घरमै स्वास्थ्य सेवा समावेश छन्।
कम्पनीले पश्चिम बंगालका ग्राहकका लागि सेवा प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउन भौतिक नेटवर्क, प्रविधिमा आधारित दाबी प्रणाली तथा स्वास्थ्य सेवामा निरन्तर लगानी गरिरहेको जनाएको छ।
अस्पताल भर्नासम्बन्धी सहयोगमा सीमित नरही कम्पनीले स्वास्थ्य सेवाको दायरा पनि विस्तार गरेको छ। वित्त वर्ष २०२५/२६ मा निवारक स्वास्थ्य परीक्षण ४२ प्रतिशतले वृद्धि भई ५ लाख ४८ हजार पुगेको थियो। त्यस्तै, टेलिमेडिसिन परामर्श ८८ प्रतिशतले बढेर १ लाख १७ हजार पुगेको कम्पनीले जनाएको छ।
यसैगरी, होम हेल्थकेयर सेवाको उपयोग ९२ हजार १५३ पुगेको छ। यो सेवा ३०० भन्दा बढी सहरमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। योग्य ग्राहकले क्यासलेस मोडलमार्फत घरमै चिकित्सकीय रूपमा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
दाबी व्यवस्थापनमा एआईको प्रयोग बढाउँदै:
स्वास्थ्य सेवा प्रणालीलाई ठूलो स्तरमा विस्तार गर्न प्रविधिले महत्वपूर्ण भूमिका खेलिरहेको कम्पनीले जनाएको छ। स्टार हेल्थले दैनिक १० हजारभन्दा बढी दाबी प्रक्रिया गर्ने गरेको छ। तीमध्ये ९२ प्रतिशत क्यासलेस दाबी तीन घण्टाभित्र प्रक्रिया गरिने कम्पनीको दाबी छ।
हाल कम्पनीले नियमित क्यासलेस दाबीमध्ये करिब २० प्रतिशतमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरिरहेको छ। आगामी दुई वर्षमा एआईको प्रयोगलाई बढाएर ५० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य कम्पनीले राखेको छ।
‘टाक टु स्टार’मार्फत स्वास्थ्य सहायता थप सहज:
बीमाभन्दा अगाडि बढेर स्वास्थ्य सेवा साझेदारका रूपमा आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यले स्टार हेल्थले ‘टाक टु स्टार’ पहल सुरु गरेको छ। यसले ग्राहकका लागि स्वास्थ्य सेवामा पहुँच र उपलब्ध सेवाबारे जानकारी प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेको छ।
एकै सम्पर्क माध्यमबाट ग्राहकले टेलिमेडिसिन परामर्श, होम हेल्थकेयर सेवा तथा योजनाबद्ध अस्पताल भर्नासम्बन्धी सहायता प्राप्त गर्न सक्नेछन्। यस पहलमार्फत ग्राहकले आफूलाई उपलब्ध स्वास्थ्य सेवाबारे जानकारी लिन, उपयुक्त सेवा छनोट गर्न तथा उपचार प्रक्रियालाई अझ स्पष्टता र आत्मविश्वासका साथ अघि बढाउन सहयोग प्राप्त गर्ने कम्पनीले जनाएको छ।
ग्राहकले स्टार हेल्थ एपमार्फत भर्चुअल चिकित्सक परामर्श पनि लिन सक्नेछन्। यसबाट घरमै बसेर सहज रूपमा चिकित्सकीय मार्गदर्शन प्राप्त गर्न सकिनेछ।
टेलिमेडिसिन, क्यासलेस होम हेल्थकेयर तथा योजनाबद्ध अस्पताल भर्नाका लागि प्रि-एडमिसन सहयोगजस्ता सेवामार्फत स्टार हेल्थले अस्पताल भर्ना हुनुअघि, उपचारका क्रममा र अस्पतालबाट डिस्चार्ज भएपछि समेत ग्राहकलाई आवश्यक सहयोग उपलब्ध गराउने एकीकृत स्वास्थ्य सेवा प्रणाली विकास गरिरहेको जनाएको छ।
‘टाक टु स्टार’मार्फत ग्राहकले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ७२०० २२२ ३३३ मा सम्पर्क गरी स्वास्थ्यसम्बन्धी मार्गदर्शन तथा आवश्यक सहायता लिन सक्नेछन्।

About Author

Advertisement