अरुणाचल: मोन्युल एफसी बन्यो पहिलो अरुणाचल महिला लिगको च्याम्पियन

FB_IMG_1784893551122

मुख्यमन्त्री खाण्डूद्वारा बधाई

ईटानगर: मोन्युल एफसीले पहिलो संस्करणको ‘अरुणाचल महिला लिग २०२६’ को उपाधि जितेको छ। ऐतिहासिक जित हात पार्दै मोन्युल एफसी पहिलो अरुणाचल महिला लिगको च्याम्पियन बनेको हो।
​टोलीको यस ऐतिहासिक सफलतापछि अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले मोन्युल एफसीलाई विशेष बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत बधाई दिँदै मुख्यमन्त्री खाण्डूले भनेका छन्, “पहिलो अरुणाचल महिला लिगको ट्रफी उचालेर तपाईंहरूले इतिहासमा आफ्नो नाम दर्ता गर्नुभएको छ। यस स्मरणीय यात्रामा टोलीलाई साथ दिने प्रत्येक खेलाडी, प्रशिक्षक, सहयोगी कर्मचारी र सम्पूर्ण समर्थकहरूलाई बधाई छ।”
​उनले यो जित धेरै सफलताहरूको सुरुवात बनोस् भन्ने कामना गर्दै अरुणाचल प्रदेशमा महिला फुटबलले आगामी दिनमा अझ नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement