नयाँ दिल्ली: भारतीय महिला क्रिकेट टोलीकी विश्व कप विजेता कप्तान हरमनप्रीत कौरले ठूलो फसेला लिएकी छन्। उनले मंगलवार खेलको तीनैवटा प्रारूपमा भारतीय टोलीकी कप्तानी छोड़्ने घोषणा गरेकी छन्। हरमनप्रीतले सोशल मीडियामा जारी भावुक सन्देशमा यो फसेला उनको निम्ति सजिलो नरहेको तर अब उनी एकजना खेलाड़ीको रूपमा अघि बढ़्न चाहन्छिन् भन्ने बताएकी छन्। हरमनप्रीतले आफ्नो सन्देशमा लेखेकी छन्, आज म भारतीय महिला क्रिकेट टोलीकी सबै प्रारूपकी कप्तानी छोड़िरहेकी छु। यो फसेला सजिलो थिएन। यसमा सालौंको यादहरू, भावनाहरू, त्याग र यस्ता क्षणहरू जोड़िएको छ, जुन जीवनभरि मसँग रहनेछ। ३७ वर्षीय हरमनप्रीतले ५ वटा टेस्ट, ५१ वटा वनडे र १५५ वटा टी२० अन्तर्राष्ट्रिय म्याचको भारतको कप्तानी गरिन्। हरमनप्रीतलाई सर्वप्रथम २०१६-मा भारतीय महिला टी२० टोलीकी कप्तान नियुक्त गरिएको थियो। त्यसपछि २०२२-मा उनलाई वनडे टोलीकी कप्तानी सुम्पिइयो अनि २०२३-मा उनी तीनैवटा प्रारूपकी कप्तान बनिन्। कप्तानको रूपमा उनको अन्तिम टुर्नामेण्ट गत महिना एशियाई खेलहरू थियो, जसमा भारतले लगातार दोस्रोपल्ट स्वर्ण पदक जित्यो। हरमनप्रीतको कप्तानी छोड़ने फसेला त्यस बैठकको एक दिन पछि आएको छ, जसमा उनले भारतीय टोलीकी उपकप्तान स्मृति मन्धना र मुख्य प्रशिक्षक अमोल मजूमदारले बीसीसीआई सचिव देवजीत सैकियासँग भेटभाट गरेकी थिइन्। गुवाहाटीमा भएको यस बैठकमा भारतीय महिला टोलीको भविष्यका योजनाहरूमाथि चर्चा भएको थियो। हरमनप्रीतले बताएअनुसार, उनले भारतीय महिला क्रिकेट र टोलीको निम्ति आफ्नो सबैथोक दिइन्। धेरै मौकाहरूमा उनले आफ्नो व्यक्तिगत प्रदर्शन र निजी महत्त्वाकांक्षाहरूलाई टोलीको हितमा पछि राखिन्। उनले लेखेकी छन्, मैले यस टोली र भारतीय महिला क्रिकेटलाई आफ्नो खून, पसीना र समय दिएँ। धेरैपल्ट मैले आफ्नो खेल र निजी महत्त्वाकांक्षाहरूका एउटा हिस्सालाई पनि पछि राखे कारण मेरो विचारमा टोली सबैभन्दा अघि आउँछ। कप्तानको रूपमा मैले धेरैपल्ट मुश्किल फसेलाहरू लिनु पऱ्यो, जसलाई धेरैले बुझेनन् तर त्यसको एउटै उद्देश्य थियो- टोलीलाई असल बनाउने अनि अन्य खेलाड़ीहरूलाई अघि बढ़्ने मौका दिने।
हरमनप्रीतकी कप्तानीमा भारतले गत वर्ष नोभेम्बरमा पहिलोपल्ट आईसीसी महिला वनडे विश्व कपको खिताब जितेको थियो। यसबाहेक भारतले हालै टी२० प्रारूपमा लगातार दोस्रोपल्ट एशियाई खेलहरूमा स्वर्ण पदक जितेको थियो। यी उपलब्धिहरूका साथ हरमनप्रीतकी कप्तानी कार्यकाललाई भारतीय महिला क्रिकेटको सबैभन्दा सफल चरणहरूमा गनिनेछ। हरमनप्रीतले आफ्नो भावुक सन्देशमा लेखेकी छन्, मैले यस खेलमा खुशीका क्षणहरूदेखि लिएर आँशुसम्म देखे। मेरो विचारमा मैले आफ्नो ड्यूटी पूरा गरिसकेकी छु। मैले यस टोलीलाई आफ्नो सबैथोक दिएँ। मैले यस जिम्मेवारीलाई गर्वको साथ निर्वाह गरे अनि भारतीय महिला क्रिकेटकी अगुवाई गर्ने विशेषाधिकारको निम्ति म सदा आभारी रहनेछु। कप्तानी आज खतम भइरहेको छ तर भारतीय क्रिकेटको निम्ति मेरो माया कहिले खतम हुनेछैन। अब म यस खल प्रति मायाले गर्दा खेल्नेछु।





