कालेबुङ: राष्ट्रिय राजमार्ग १०मा भोलि बुधवारदेखि यात्रा गर्नअघि थुप्रै कुराहरुको ध्यान राख्नु पर्ने प्रशासनबाट जानकारी प्राप्त भएको छ। जिल्ला प्रशासन अनि एनएचआईडीसीएलले गाडीहरुको चलाचलमाथि बेलुकी ९ बजीदेखि बिहान ६ बजीसम्म रोक लगाएको छ। पहिलो चरणमा ७ अक्टोबरदेखि १५ अक्टोबरसम्म अनि दोस्रो चरणमा २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म उक्त रोक लगाइने निर्देश सम्बन्धित निकायहरुले दिएको छ। उक्त समयावधि कुन वैकल्पिक मार्ग भएर अनि कस्ता वाहनहरु चलाचल गर्न सक्नेछ त्यसबारे पनि प्रशासनले निर्दिष्ट निर्देश जारी गरेको छ।





