सोरेङ: सोरेङ जिल्लाको रिञ्चेनपोङ समष्टिस्थित कलुक वरिष्ठ माध्यमिक विद्यालयको सभा कक्षामा हरितालिका तीज महोत्सव-२०२२ अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघ रिञ्चेनपोङ शाखाको तत्वावधानमा सम्पन्न भयो। आज आयोजित महोत्सवमा मुख्य अतिथिकोरूपमा रिञ्चेनपोङ निर्वाचन क्षेत्रका प्रभारी फुर्वा छिरिङ भोटिया रहेका थिए भने साथमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका केन्द्रीय समितिका अध्यक्ष नारायण खतिवडा,जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद लगायत अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो।
मुख्य अतिथिको आसनवाट बोल्दै प्रभारी फुर्वा छिरिङ भोटियाले यो पर्व सम्पूर्ण जातिको रहेको बताउँदै जसलाई आज खसको नेतृत्वमा पालन गरिएको जानकारी गराए। यहाँवाट धेरै कुरा सिक्ने अवसर पाएकोमा उनले खुशी व्यक्त गर्दै आमा चेलीहरूलाई शुभकामना दिए।आजको कार्यक्रमलाई अन्यले पनि सम्बोधन गरेका थिए।










