नयाँ दिल्ली: नोएडाको ट्विन टावर आइतबार ध्वस्त पारियो। करोडौं रुपियाँको लागतमा वर्षौंदेखि निर्माण भएका यी गगनचुम्बी भवनहरू ९ सेकेण्डमै ध्वस्त भएका छन्। यी भवनहरू भत्कनुअघि रातारात निर्माण गर्ने रियल स्टेट कम्पनी सुपरटेकका मालिकहरू रातभर सुत्न सकेनन्। तर यसमा आरके अरोराले आफ्नो पीडा पोखेका छन्। आजतकको सम्बद्ध च्यानल इन्डिया टुडेसँगको विशेष कुराकानीको क्रममा सुपरटेकका अध्यक्ष आरके अरोरा पीडामा थिए। ट्विन टावर खस्दा तपाईलाई कस्तो महसुस भयो भनेर सोध्दा उनले भने, ‘यो मेरो लागि निकै पीडादायी क्षण होl’ सन् २००९ मा बनाउन थालेको र निकै मिहिनेत गरेर तयार पारेको अरोराले बताए। आइतबार भवन भत्किनुअघि उनी शनिबार रातभर सुत्न सकेनन्।
यो भवन बनाउँदा सबै स्वीकृति लिएर बासिन्दाको सुरक्षालाई ध्यानमा राखिएको सुपरटेकका अध्यक्षले बताए। ‘तर मैले मिहिनेत गरेर बनाएको भवन सर्वोच्च अदालतले भत्काउन आदेश दियो। यो भवन हामीले नै बनाएका छौं र भत्काउने खर्च पनि हामीले नै बेहोर्यौं। तर, सर्वोच्चको आदेशको पूर्ण पालना गरेका छौं। रातभर म यो बिल्डिंग राम्ररी भत्कियोस् र भत्किएर अरु कुनै भवनलाई नोक्सान नहोस् भन्ने सोचमा थिएँl’ सर्वोच्च अदालतको कडाइका कारण ट्वीन टावर भत्किएपछि कम्पनीका अन्य आयोजनामा कस्तो असर पर्ला? यस प्रश्नको जवाफमा अरोराले विगत ४० वर्षमा ७० हजारभन्दा बढी घर खरिदकर्तालाई दिएको बताए। ‘ट्वीन टावरको कारबाहीले हाम्रो कुनै पनि आयोजनालाई असर गर्ने छैन’, उनले भने। सुपरटेकका विभिन्न परियोजनामा करिब २० हजार फ्ल्याट निर्माणाधीन रहेको उल्लेख छ। आरके अरोराले भने, ‘घर खरीददारहरूले आत्तिनु पर्दैन। सबै आयोजनाको ७० देखि ८० प्रतिशत काम सकिएपछि खरिदकर्ताले समयमै घर पाउने छन्l’








