गान्तोक: मेजर ध्यानचन्द पूर्व हकी खेलाडीको जन्मजयन्तीको अवसरमा राष्ट्रीय खेलकूद दिवस राज्यको विभिन्न स्थानमा पालन गरियो। यसै क्रममा हिजो मंगन जिल्लामा पनि आजादीका अमृत महोत्सव अन्तर्गत मेजर ध्यान चन्दको जन्म जयन्ती पालन गरियो। खेलकूद एवम युवा मामिला विभागद्वारा आयोजना गरिएको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा राज्य कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा रहेका थिए भने अन्य अतिथिहरूमा अतिरिक्त जिल्लापाल काशी राज लिम्बू, खेलकूद एवम युवा मामिला विभागका अतिरिक्त उपनिर्देश जनिम लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा चिफ मिनिस्टर वन माइल रन आयोजना गरिएको जसमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। सोही प्रकारले खो-खो,टग अफ् वार लगायत अन्य गतिविधिहरू पनि सामेल थियो। यसरी नै नागा खेल मैदानमा अल सिक्किम चिफ मिनिस्टर फुटबव प्रतियोगिताको पनि आयोजचना गरिएको थियो। पहिलो खेल नर्थनरस एफसी बनाम चुङथाङ एससीबीच सम्पन्न भएको थियो।











