सोनादा: गोर्खा जनमुक्ति मोर्चा सोनादा पचेङ समष्टिको पार्टी कार्यालय आज उदघाटन गरिएको छ। उक्त पार्टी कार्यालय सोनादाको ग्यारेज लाइनमा उदघाटन गरिएको छ। यस पार्टी कार्यालय गोजमुमो सोनादा पचेङ समष्टिको कन्भेनर शंकर तामाङको बाहुलीबाट उदघाटन गरिएको छ। यस अवसरमा केन्द्रीय सदस्य कुमार तामाङ लगायत गोजमुमो सोनादा पचेङ समष्टिको पदाधिकारीगण, युवा मोर्चा, नारी मोर्चा लगायत भातृ संगठनका प्रतिनिधिहरुको उपस्थित रहेका थिए। गोजमुमो सोनादा पचेङ समष्टिको पार्टी कार्यालय उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भाइचुङ तामाङले धेरै समयपछि सोनादामा गोर्खा जनमुक्ति मोर्चाको पार्टी कार्यालय उदघाटन गरिएको छ बताए। उनले गोजमुमो पार्टी कार्यालय सोनादाको ग्यारेज लाइनमा सबैजना उपस्थित भएर खुशीसाथ उदघाटन गरिएको र अब यस पार्टी कार्यालयमा सबै पार्टी पदाधिकारीहरु र कार्यकर्ताहरुलाई स्वागत छ भनी बताएका छन्।

उनले भनेष, ‘हामी सबैजना २००७ देखि पार्टी अध्यक्ष बिमल गुरुङको साथमा रहेर कार्य गरेको र कतिजना पनि यस समष्टिमा अझैं छन् भने सबैजना अघि आउनु होला अनि हामी सबै मिलेर काँधमा काँध मिलाएर एकसाथ पार्टी अध्यक्ष बिमल गुरुङको हात बलियो बनाउन अघि बढ्नुपर्छ।’









