खरसाङ: गोर्खा जनमुक्ति मोर्चाको टुंग सन्त मेरिज समष्टि युवा मोर्चाको सांगठनिक सभा सिपाहीधुरास्थित मोटेलमा सम्पन्न भएको छ। उक्त सभा युवा मोर्चा टुंग सन्त मेरिज समष्टिको सभापतिको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सभालाई रमेश दिलपालीले सञ्चालन गरेका थिए। सभामा क्षेत्रको विकास सँगसँगै मूल मुद्दाको विषयलाई कसरी सुचारु रुपमा अघि लानु भन्ने कुरामा गहिरो बिचार विमर्श गरिएको जानकारी प्राप्त भएको छ। सभामा टुंग सन्त मेरिज समष्टीका विभिन्न शाखाबाट आएका प्रतिनिधिहरुले आ-आफ्नो सुझाउ सल्लाह राखेका थिए। सभालाई गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राई, युवा मोर्चा केन्द्रीय उपाध्यक्ष विकास खवास, युवा मोर्चा खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्री, महकुमा सचिव अरुण थापा लगायत टुंगो सन्त मेरिज समष्टिको विभिन्न शाखामा प्रतिनिधिहरुले वक्तव्य राखेका थिए।

सभामा गोजमुमो केन्द्रीय युवा मोर्चा केन्द्रीय सदस्य निमा तामाङ, युवराज लामा, महकुमा संयोजक अखिल सिन्हा, छेपल शेर्पा लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा विभिन्न क्षेत्रीय विषयहरुमाथि गहिरो चर्चा भएपछि समष्टि युवा मोर्चा सभापतिले अध्यक्षीय सम्भाषण गर्दै सभा औपचारिक सकिएको घोषणा गरेका थिए।









