खरसाङ: खरसाङ स्कूल अफ् म्युजिकको १९औं वार्षिक संगीत उत्सव सम्पन्न भएको छ। उक्त वार्षिक संगीत उत्सव खरसाङको राज राजेश्वरी हलमा सम्पन्न भएको छ। यस वर्षको विषय वस्तु सविन राई स्पेसल रहेको थियो भने एउटा सानो भिडियो सन्देश सविन राई एण्ड फ्यारोद्वारा पठाइएको थियो जसलाई एलईडी स्क्रीनमा प्रस्तुत गरिँदा विद्यार्थीहरू उत्साहित बनेका थिए। यस वार्षिक संगीत उत्सवमा खरसाङ स्कूल अफ् म्युजिकका म्युजिकल ब्याण्डहरूले सविन राईका प्रसिद्ध गीतहरू सुन्दर ढंगमा प्रस्तुत गरेका थिए। यसको साथै किबोर्ड, गिटार, ड्रम्सका प्रस्तुति दिइएको थियो जसलाई श्रोतावर्गले धेरै मन पराएका थिए। कार्यक्रमको शुरुमा स्कूलका दुई उदारचित्त हृदय भएका सधैं स्कूललाई चाहिँदा पछि नहट्ने आमाहरू क्रमशः सरोजा राई र नविता प्रधानलाई सम्मान जनाइयो। स्कूलका एक विद्यार्थी सुदर्शन प्रधानलाई पनि स्कूलको तर्फबाट सम्मान जनाइयो। उनी एक परिचित वरिष्ठ साहित्यकार साथै २०२१ मा भारत सरकारको तर्फबाट बाल साहित्य अकादमी पुरस्कार प्रापक व्यक्ति हुन्। यस वर्षको ग्रेड परीक्षामा १० जना विद्यार्थीहरूले डिस्टिङ्सन ल्याएका छन्। उनीहरूलाई स्मृति चिन्ह प्रदान गरियो। यो सम्मान कार्यक्रमहरू रूथरानी राई गुरुङ, भूतपूर्व प्रधान अध्यापिका, आईएनए स्कूल साथै रोजीरानी मुखिया, भूतपूर्व प्रधान अध्यापिका, तीनधारे कन्या उच्चत्तर माध्यमिक स्कूलहरूद्वारा सञ्चाचालित गरिएको थियो।









