सिमरिङ -शिवखोला क्षेत्रबाट ४० परिवारहरू भाजपामा सामेल भएको दाबी

IMG-20240401-WA0205.jpg

खरसाङ: भारतीय जनता पार्टी तीनधारे महानदी मण्डल क्षेत्रबाट विभिन्न पार्टीहरू त्यागेर ४० परिवारहरूले भाजपालाई समर्थन गरेको जानकारी प्राप्त भएको छ। आज सिमरिङको शिवखोलामा आयोजित एक सभामा सिमरिङको २४२ बुथबाट अशोक लामाको अगुवाइमा ४० घरले भाजपालाई समर्थन गरेको दावी गरिएको छ। भाजपालाई समर्थन जनाउनेमा सिमिरिङ, शिवखोला, गिताङ्गे क्षेत्रका मानिसहरू रहेको जानकारी प्राप्त भएको छ। उक्त समर्थन सभामा भाजपाको दलीय झण्डा भाजपा सिलगढी विभाग प्रभारी मनोज देवान, भाजपा दार्जिलिङ जिल्ला सचिव सोनाम लामा र अशोक लामाको बाहुलीबाट प्रदान गरेर पार्टीमा स्वागत जनाइएको छ। उक्त समर्थन सभापछि शिवखोलामा भाजपाको चुनावी सभा र सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा भारतीय जनता पार्टी खरसाङ विधानसभाको संयोजक आरबी लामा, जिल्ला महासचिव सोनाम लामा, मनोज देवान र अशोक लामाले सम्बोधन गरेका थिए।

सभामा भाजपा जिल्ला कार्यकारी सदस्य राजेस गजमेर, तीनधारे महानदी मण्डल अध्यक्ष उमेश प्रधान, मण्डल संयोजक चन्दन प्रसाद, भाजयुमो जिल्ला महासचिव बिनय प्रसाद लगायत भाजपाको पञ्चायत समिति सदस्या, पञ्चायत सदस्य र कार्यकर्ताहरू उपस्थित रहेका थिए। उक्त सभामा नै भाजपा टके बुथ २४२ को कमिटी पनि गठन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement