राज्य सरकार जलपाईगढीमा प्रभावित मानिसहरूको साथमा छ: अभिषेक ब्यानर्जी

IMG-20240401-WA0190

सिलगढी: तृणमूल कांग्रेसका महासचिव तथा सांसद अभिषेक ब्यानर्जी उत्तर बंगालको आँधी प्रभावित क्षेत्रहरूको भ्रमण गर्न सिलगढी आइपुगेका छन्। उनी पहिला जलपाईगढी जानेछन्। सोमबार दिउँसो बागडोगरा विमानस्थलमा अवतरण गरेपछि उनले पत्रकारसँग भेट गरे।  उनले जात, धर्म र राजनीतिभन्दा माथि उठेर आगामी ४८ घण्टामा सबैको साथमा उभिने सन्देश दिएका छन्। राज्य सरकार जलपाईगढीमा  प्रभावित मानिसहरूको साथमा रहेको उनले बताए।  सिलगढीमा अभिषेक बनर्जीले भने, ‘करिब १५०० घर ध्वस्त भएका छन्, सबै प्रभावितका लागि राहत शिविर तयार गरिएको छ, पछि राज्य सरकारले उनीहरूको घर बनाउने बारेमा सोच्नेछ।‘ यसै क्रममा उनले भाजपाविरुद्ध कडा प्रहार गरेका छन्। उनको भनाइमा, ‘उत्तर बंगालमा भाजपाले कुनै विकास ल्याएको छैन। २०१९ मा, उत्तर बंगालका सबै जिल्लाहरूमा भाजकाका उम्मेदवारहरू विजयी भए र सांसद बने। तर भाजपाका सांसदहरूले जनताका लागि कहिल्यै केही गरेनन्।‘

About Author

Advertisement