जलपाईगुडी: जलपाईगुडी जिल्लाको बेरुबारी नजिकै हरगिला पोखरीमा टोटो अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा एक छात्राको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। टोटोमा छोरी लिएर स्कुलबाट घर फर्कदै गर्दा बाटैमा यो दुर्घटना भएको बताइएको छ । गम्भीर घाइते बाबु र छोरीलाई जलपाईगुडी सुपर स्पेशलिटी अस्पतालमा ल्याउँदा ड्युटीमा रहेका डाक्टरले विद्यार्थीलाई मृत घोषणा गरेका थिए। विद्यार्थीको नाम तनवीर रविदास हो। गम्भीर घाइते उनका बुबा विनोद रविदासको जलपाईगुडी सुपर स्पेशलिटी अस्पतालमा उपचार भइरहेको छ। दुवै बेरुबारी क्षेत्रका बासिन्दा रहेको बताइएको छ।











