तल मासु ल्याउने ठाउँमा नै दाम बढेकोले खरसाङ बजारमा भैंसीको मासु बिक्री गर्ने दोकानहरू केही दिनदेखि बन्दावस्थामा

IMG-20240401-WA0203.jpg

खरसाङ: खरसाङ बजारमा रहेको भैंसीको मासु बिक्री गर्ने दोकानहरू विगत पाँच दिनदेखि बन्दावस्थामा रहेको छ। खरसाङ बजारमा भैंसीको मासु बिक्री गर्ने पाँचवटा दोकानहरू रहेको र पाँचैवटा दोकानहरू बन्द रहेको छ। भैंसीको मासु बिक्री गर्ने दोकानहरू बन्द हुनुको मुख्य कारण मासु ल्याउने स्थान नक्सलबारीमा नै दाम बढेकोले सप्लाई नभएको जानकारी प्राप्त भएको छ। मासु दोकानेहरूले मासु जहाँबाट ल्याउने गरेका छन् त्यहाँ नै दाम बढेपछि मासु नआएको र मासुको दाम अचानक बढ़ाएर बिक्री गर्नु पनि असमर्थ रहेको कारणले भैंसीको मासु बिक्री गर्ने दोकानहरू खरसाङमा बन्द रहेको बताइएको छ। आज यसै विषयलाई ध्यानमा राख्दै आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर भैंसीको मासु बिक्री गर्ने दोकानेहरूले भैंसीको मासु ल्याउने ठाउँमा नै दाम बढेकोले पुरानै दाममा मासु बिक्री गर्न असमर्थ भएको हुनाले दोकानहरू बन्द गर्नु परेको जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा खरसाङमा भैंसीको मासु बिक्री गर्ने दोकानेहरू क्रमैले प्रवीण लामा, राजु तामाङ, दोर्जे लेप्चा, सचिन प्रधान र महम्मद जहीर खान आदिले हाट बजारमा एकवटा, सुपर मार्केटमा तीनवटा र बुचर बस्तीमा एकवटा भैंसीको मासु बिक्री गर्ने कार्य गरिरहेका छन्। दोकानहरू भेला भएर जनतालाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै दोकान बन्द हुनुको मुख्य कारण मासुको दाम बढेकोले भनी बताएका छन्। उनीहरूले बताए अमुसार खरसाङमा विगत समयमा २८० रुपियाँ प्रति केजी बिक्री गरिरहेको र गत १३ मार्च २०२४ देखि ३०० रूपियाँ प्रति केजी बिक्री भईरहेको तर फेरि अचानक तल नै मासुको दाम बढाएपछि जनतालाई असुविधामा पारेर दाम बढाएर बिक्री नगरेर दोकान नै बन्द गरेको बताएका छन्। यस विषयमा खरसाङ नगरपालिका समक्ष लिखित रूपमा ज्ञापन भाइस चेयरम्यान सुवास प्रधानलाई सुम्पेको र अहिले नै दाम बढाउन असमर्थ भएको हुनाले अब जनताको असुविधालाई ध्यानमा राखेर भोलिदेखि पुन: भैंसीको मासु बिक्री गर्ने दोकानहरू खोल्ने भएको बताएका छन्। अब जनतालाई र नगरपालिकालाई सुझाव मांग्दै तलबाट ल्याउँदा नै दाम बढेकोले अब खरसाङमा ३४० रुपियाँ प्रतिकिलो मासु बिक्री गरे मात्र दोकानेहरूको रोजी रोटी चल्ने पनि बताएका छन्। यसको लागि अब खरसाङ नगरपालिका पक्ष र जनताले बुझिदिने अनुरोध समेत गरेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भैंसीको मासु बिक्री गर्ने दोकानहरूमा प्रवीण लामा र राजु तामाङले विस्तृत रूपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार विगत केही दिनदेखि तल मासु ल्याउने ठाउँमा नै दाम बढेकोले मासु ल्याउन असमर्थ भएको साथै मासु ल्याए पनि पुरानै दाममा बिक्री गर्दा धेरै नोक्सान भएको कारणले विगत ४-५ दिनदेखि खरसाङमा भैंसीको मासु बिक्री गर्ने दोकानहरू बन्द अवस्थामा रहेको छ। अब हामी जनता र नगरपालिकालाई सहयोग चाहान्छौं अनि जनताले साथ दिएर नगरपालिकाले पनि हामीले भनेको रेटमा मासु बिक्री गर्न दिएको खण्डमा हाम्रो पनि गुजारा हुने थियो भनी बताएका छन्। भैंसीको मासु बिक्री गर्ने दोकानेहरूले तल नै दाम बढेकोले अब ३०० रूपियाँको बदलामा ३४० रुपियाँ प्रतिकिलो मासु बिक्री गर्न सके राम्रो र यसमा जनताको सुझाव चाहेको बताएका छन्। दुवैले मासु दोकानहरू बन्द भएर जनतालाई भएको असुविधाप्रति क्षमा चाहँदै मंललबार बिहानदेखि पुन: भैंसीको मासु बिक्री गर्ने दोकानहरू खोल्ने निर्णय गरेको पनि बताएका छन्।

About Author

Advertisement