गान्ताेक: सिक्किमको राबोङ सब-डिभिजनअन्तर्गत फामताम गाउँमा गएको भीषण पहिरोमा परी २ जनाको ज्यान गएको छ।
घटनाप्रति सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दु:ख व्यक्त गर्दै मृतकका शोककुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
मुख्यमन्त्री गोलेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्य सरकार प्रभावित परिवारलाई आवश्यक सम्पूर्ण सहयोग पुर्याउन प्रतिबद्ध रहेको बताएका छन्। उनले उद्धार र राहत कार्यमा निरन्तर खटिएका जिल्ला प्रशासन, प्रहरी, ६ औँ विशेष सीमा बलl, स्थानीय निकाय तथा स्थानीय बासिन्दाहरूको प्रशंसा समेत गरेका छन्।
विपद्को यस घडीमा राज्य सरकार फामतामबासीको साथमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री गोलेले मौसम र सुरक्षासम्बन्धी सरकारी सूचना तथा निर्देशनहरूको पूर्ण पालना गर्न र सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।









