सानो विवाद हुँदा बडोदरामा गणेश स्थापना शोभायात्रामा ढुङ्गा हानाहान सानो कुरामा विवाद

बडोदरा: गुजरातको बडोदरामा गणेशको मूर्ति स्थापनाका लागि लैजाँदा दुई समुदायबीच झडप भएको छ। सो क्रममा दुवै पक्षबाट ढुंगा हानाहान भयो। पुलिसले यस मामिलामा दुवै पक्षका १३ जनालाई नियन्त्रणमा लिएको छ र एफआईआर पनि दर्ता गरेको छ। घटना वडोदराको मांडवी नजिक पानीगेट क्षेत्रको हो, जहाँ सोमबार राति ११ देखि १२ बजेसम्म दुवै पक्षबीच झडप भएको थियो। पुलिसका अनुसार राति अबेरसम्म केही व्यक्ति गणेशको मूर्ति स्थापना गर्न लैजाँदै थिए। त्यही क्रममा यी व्यक्तिहरुबीच कुनै विषयमा विवाद भयो, जसमा एक व्यक्तिले अर्कोलाई ढुंगा हानेका थिए। नजिकैबाट आएका अर्का समुदायका व्यक्तिले ढुंगा प्रहार गरेपछि ढुंगा हानाहान शुरु भएको हो। घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ, जसमा ढुंगा हानेर भागदौड भएको देख्न सकिन्छ। घटनापछि स्थानीयले पुलिसमा उजुरी गरेका थिए। पुलिसका अनुसार ढुंगा हान्ने आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। शहरका अन्य क्षेत्रमा तनाव फैलिन नदिन पुलिसले संवेदनशील क्षेत्रमा गस्ती बढाएको छ।

About Author

Advertisement