साई र हिमालयन फूटबल क्लब विजयी

३० अगस्तः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा मंगलवार एउटा म्याच खेलियो। लेबोङको गोर्खा स्टेडियममा आज भएको पूल जी-को म्याचमा हिमालयन फूटबल क्लबले दार्जीलिङ टाउन भेटरनलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बालाक गर्ग, अभिषेक राई र मणिराज सुब्बाले १-१ गोल गरे। यसको साथमा बेणु सुब्बा प्रीमियर डीविजन लीग फूटबल टुर्नामेण्टमा पनि आज एउटा म्याच खेलियो। पूल ए-को यस म्याचमा भारतीय खेल प्राधिकरण (साई)-ले टीन्स फूटबल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रसिद्ध बराईली र प्रीतम सुब्बाले गोल गरे। यसरी नै टीन्स एफए-बाट राहुल छेत्रीले १ गोल गरे। बुधवार सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल र सेण्ट जोसेफ्स कलेजबीच म्याच हुनेछ।

About Author

Advertisement