लाब्दा क्षेत्रमा घाइते चितुवाको उद्धार, उपचारका लागि लगियो

IMG-20260625-WA0097

मङ्पु: लाब्दा ग्राम पञ्चायतअन्तर्गत लाब्दा विभागको लाबरबोटे सडकस्थित एक कल्भर्टमुनि गाउँलेहरूले घाइते अवस्थामा चितुवा फेला पारेपछि तत्काल वन विभागलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ दार्जिलिङ सिन्चेल वाइल्डलाइफ ईस्टका रेन्जर प्रिय तामाङको नेतृत्वमा वनकर्मीहरूको टोली घटनास्थलमा पुगेर चितुवाको सफलतापूर्वक उद्धार गरेको छ। उद्धारपछि चितुवालाई आवश्यक उपचारका लागि सम्बन्धित केन्द्रतर्फ लगिएको जनाइएको छ। उल्लेखनीय छ, करिब एक महिनाअघि पनि मङपूको रेसेप ग्राम पन्चायत अन्तर्गत रहेको गुड स्तर्ट एकाड्मी परिसरबाट एउटा चितुवा नियन्त्रणमा लिएर वन विभागले सुरक्षित स्थानमा लगेको थियो। यसै क्रममा आज फेला परेको घाइते चितुवालाई पनि वन विभागले नियन्त्रणमा लिएर उपचारका लागि पठाएको छ। स्थानीयवासीहरूले वन विभागको उद्धार कार्यप्रति प्रशंसा व्यक्त गरेका छन्।

About Author

Advertisement