राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियनसिप जिताउने मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई भव्य स्वागत

IMG-20260625-WA0096

खरसाङ: भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जिताउने पहाडको गौरवशाली सुपुत्र एंव फुटबल प्रशिक्षक क्रिस्पिन छेत्रीलाई बिहीवार युनाइटेड खरसाङ फुटबल क्लबले भव्य स्वागत जनाएका छन्। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनसीपको उपाधि जिताएर पहिलोपटक घर आएका भारतको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबले बाघडोगरा हवाई अड्डाबाट नै भव्य स्वागत जनाएका छन्। यस अवसरमा युनाइटेड खरसाङ फुटबल क्लबको सदस्यहरु र पदाधिकारीहरु केएफएका सदस्यहरु मार्टियल आर्ट एण्ड फिटनेस एकादमी, खरसाङ बडी बिल्डिङ अनि फिटनेस एसोसिएसनका सदस्यहरु उपस्थित रहेर भारतको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई भव्य स्वागत जनाएका छन्।‌ उनलाई बाघडोगरा हवाई अड्डाबाट स्वागत जनाउँदै गाडीधुरा र रोहिणी साथै खरसाङका पनि भव्य स्वागत गरिएको छ। भारतको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्वागत जनाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले आफ्नो ठाउँमा आफ्नोहरुले स्वागत गर्दा मनमा खुशी लाग्दो रहेछ भनी बताएका छन्। यसरी आफुलाई भव्य स्वागत जनाएकोमा भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीले खरसाङका‌ सबै संघ संस्थाहरुलाई धन्यवाद दिएका छन्। यस क्रममा युनाइटेड खरसाङ फुटबल क्लबको सह सचिव चिराग तिवारी, खरसाङ बडी बिल्डिङ अनि फिटनेस एसोसिएसनको सभापति सञ्जय छेत्री, मार्टियल आर्ट एण्ड फिटनेस एकादमीको सन्दीप प्रधान आदिले विस्तृत रुपमा जानकारी गराएका छन्। त्यसरी नै भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङ बजारमा भव्य स्वागत जनाइएको छ। सात वर्षपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीलाई साफ च्याम्पियन बनाउन मुख्य भूमिका निर्वाह गरेर प्रथमपल्ट‌ घर आएका भारतीय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लब र खरसाङका‌ अन्य खेलकूद समुहहरुले बाघडोगराबाट नै भव्य स्वागत जनाउँदै ल्याइएको थियो भने बिहीवार साँझ खरसाङ आईपुग्दा उनलाई खरसाङको‌ रेलवे स्टेशन परिसरमा खरसाङका विभिन्न खेलकूद संघ संस्थाहरुले भव्य स्वागत जनाएका छन्। यस क्रममा खरसाङ महकुमा खेलकूद संघ, गोर्खा सांस्कृतिक संस्थान् खरसाङ लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले भव्य स्वागत जनाएका थिए।‌

About Author

Advertisement