मङ्पुमा स्वास्थ्य सचेतना तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न

IMG-20260625-WA0099

मङ्पु: साईराम च्यारिटेबल ट्रस्ट कोलकोताले यस बर्ष पनि मङपूको एक शैक्षिक संस्थान डा.अम्बेदकर ईन्स्टिच्युटलाई इनभटर साथै अन्य सामाग्री प्रदान गरेका छन्। स्वास्थ्य सचेतना तथा विद्यार्थी कल्याण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ विधालय भवनमा सप्पन्न भयो।

कार्यक्रममा प्रसिद्ध मिर्गौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) डा. पार्थ साराथी मुकरर्जी, तथा समाजसेवी अमित मुखर्जीको उपस्थिति रहेको थियो।उनीहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै स्वास्थ्य, शिक्षा र उज्ज्वल भविष्यका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरेका थिए।

सोही अवसरमा डा. मुकरर्जीले विद्यालयका मेधावी तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति (स्कॉलरशिप) प्रदान गर्ने घोषणा गरेका छन्। उक्त घोषणाप्रति विद्यालय परिवार तथा अभिभावकहरूले खुशी व्यक्त गरेका छन्।कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापकले अतिथिहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने बताएका छन्।

About Author

Advertisement