दार्जिलिङको साउथफिल्ड कलेज छात्रावास उद्घाटन

IMG-20260625-WA0101

दार्जिलिङ: साउथफिल्ड कलेज छात्रावासको उद्घाटन समारोह उत्साह र गरिमामय वातावरणमा सम्पन्न भयो।
कार्यक्रमको प्रारम्भ नवनिर्मित छात्रावास भवनको संक्षिप्त परिचय श्री सदीप प्रधानद्वारा प्रस्तुत गरी गरिएको थियो।
साउथफिल्ड कलेजकी प्राचार्या डा. अनुराधा राईले छात्रावास भवनको सफल निर्माण कार्य सम्पन्न गर्न गोरखाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए), पूर्व प्रमुख कार्यकारी अनित थापा तथा सम्पूर्ण जीटीएका इन्जिनियरहरूको अथक प्रयास र महत्वपूर्ण योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्। समारोहमा उपस्थित सहायक इन्जिनियर रुपेन प्रधान तथा सहायक इन्जिनियर अनुप दासप्रति पनि विशेष आभार व्यक्त गरिएको थियो। परियोजनाको सम्पूर्ण अवधिभर उहाँहरूले प्रदान गर्नुभएको समर्पण र सहयोगका लागि साउथफिल्ड कलेज परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।
डा. अनुराधा राईले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने कलेजका शिक्षक तथा गैर-शिक्षक कर्मचारीहरू, भवन निर्माण समिति तथा यसको संयोजक डा. महेश प्रदेशको सामूहिक प्रयास, सहकार्य र प्रतिबद्धताको पनि उच्च प्रशंसा गरिन्।बकार्यक्रमको समापन डा. महेश प्रदेशद्वारा प्रस्तुत धन्यवाद ज्ञापन मन्तव्यसँगै सम्पन्न गरिएको थियो। उनले समारोहलाई सफल र स्मरणीय बनाउन उपस्थित सम्पूर्ण अतिथि, अधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरे।

About Author

Advertisement