गान्तोक: राष्ट्रपति द्रौपदी मुर्मूले आज देवरालीस्थित नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजी (एनआईटी) को भ्रमण गरिन्। एनआईटी परिसरमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, धर्म विभागका मन्त्री सोनाम लामा र वरिष्ठ अधिकारीहरूले उनकाे स्वागत गरे।
भ्रमणको क्रममा राष्ट्रपतिले संस्थान परिसरको भ्रमण गरिन् र संस्थानमा प्रदर्शित विभिन्न कलाकृतिहरू, दुर्लभ कलाकृतिहरू, भित्तिचित्रहरू, पाण्डुलिपिहरू र प्रदर्शनीहरू अवलोकन गरिन्। राष्ट्रपतिलाई वर्षौंदेखि संस्थानद्वारा संरक्षित र प्रदर्शन गरिएको समृद्ध सम्पदा, परम्परा र सांस्कृतिक महत्वको बारेमा जानकारी गराइयो।
राष्ट्रपतिले संस्थानका अधिकारीहरू र प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरिन्, जसले उनलाई हिमालयन बौद्ध संस्कृति र परम्परागत ज्ञान प्रणालीको संरक्षण, दस्तावेजीकरण र प्रवर्द्धनका लागि गरिएका प्रयासहरूको बारेमा जानकारी दिए। यस भ्रमणले भावी पुस्ताका लागि हिमालयी बौद्ध सांस्कृतिक तथा साहित्यिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने महत्त्वलाई जोड दिएको जनाएको छ।
हनल, राष्ट्रपति मुर्मू सिक्किमकाे
तीन दिवसीय भ्रमणमा छिन्।









