तीनधारे: खरसाङ महकुमाको तीनधारे घैयाबारी महानदी समष्टि अन्तर्गत सिविटार गिताङ्गे खण्ड समिति गोर्खा जनमुक्ति मोर्चाको छेत्री गाउँ र १२ नम्बर गाउँ शाखा कमिटी गठन गरिएको छ। उक्त सभामा गोर्खा जनमुक्ति युवा मोर्चाको खरसाङ महकुमा समितिको अध्यक्ष सत्यवान छेत्री, सदस्य कृष्णा राई, सीविटार गिताङ्गे खण्ड समितिको संयोजक शेखर राईको उपस्थितिमा उक्त कमिटी गठन गरिएको छ। यसै सभामा सर्वसहमतिद्वारा नयाँ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति भानु छेत्री, उप सभापति बिल्लप छेत्री, सचिव सञ्जीव भुजेल, सह सचिव रितेश छेत्री, कोषध्यक्ष गिता छेत्री र उर्मिला थापा, कार्यकरिणी सदस्यहरूमा सुवास छेत्री, टिकाराम छेत्री, राजेश दर्जी, मिलन भुजेल, स्नजन छेत्री, सुरज छेत्री, गौरभ भुजेल, प्रणय छेत्री, सन्जय राई, सुदीप छेत्री आदि चयन भएका छन्। त्यसरी नै सल्लाहकार समितिमा कौशिला छेत्री, गगन भुजेल, सुबाला छेत्री आदि चयन भएका छन्।










