मालुटार चियाबारीमा गोजमुमो तीनधारे महानदी समष्टिको सभा

IMG-20260526-WA0098

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टिको सभा मालुटार चियाबारीमा सम्पन्न भएको छ। उक्त सभा गोजमुमो मालुटार चियाबारी खण्ड समितिको सभापति सन्तोक राईको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा गोजमुमो तीनधारे महानदी समष्टिको सभापति ऐतमान राई, मालुटार चियाबारीको उपाध्यक्ष सुवास राई, सचिव सञ्जय राई, अजय सुब्बा, पुष्कल राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यसै सभामा मालुटार चियाबारी अन्तर्गत दोकान डाँडा, गोदामधुरा आदि क्षेत्रबाट ४१ परिवारहरु पुनः गोजमुमोमा सामेल भएका छन्। उक्त सभामा नै मालुटार चियाबारी अन्तर्गत दोकना डाँडा, गोदामधुरा क्षेत्रलाई लिएर शाखा कमिटी गठन गरिएको छ। उक्त शाखा कमिटीको सभापति रमेश तामाङ, उप सभापति अदिप तामाङ, सचिव बैजु थापा, सह सचिव श्यामकुमार थापा, कोषाध्यक्ष किशोर थापा, सल्लाहकारमा जोगेन राई, भवन तामाङ, बीरेन्द्र राई लगायत १२ जनाको कार्यकारी सदस्यहरू पनि चयन भएका छन्।

About Author

Advertisement