राज्यमा नव गठित सरकारलाई क्रामाकपाको तर्फबाट शुभकामना

IMG-20260513-WA0090

अब गोर्खाहरूले पनि न्याय पाउनेमा विश्वास्त छौं: अरुण घतानी

दार्जिलिङ: क्रान्तिकारी माक्सवादी कम्युनिष्ट पार्टी क्रामाकपाको केन्द्रीय सचिव मण्डलीय सभा दार्जिलिङस्थित केन्द्रीय पार्टी कार्यालयमा सम्पन्न भएको छ।‌सभामा विशेष गरेर क्रामाकपाको केन्द्रीय परामर्श समितिका चेयरम्यान आरबी राईको विशेष उपस्थिति रहेको थियो। उक्त सभापछि पत्रकार सम्मेलन आयोजना गरेर राज्यमा नव गठित सरकारलाई क्रामाकपाको तर्फबाट शुभकामना दिएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै क्रामाकपाको केन्द्रीय प्रवक्ता अरुण घतानीले १५ वर्षसम्म तृणमूल कांग्रेसको क्रूर शासन, गोर्खाहरुमाथि हत्या, हिंसा अनि अत्याचारको यसपाली गोर्खाहरूले उत्तर ब्यालेट बक्समा दिएर क्रूर शासनको अन्त्य भएको जनाउँदै यस अवधि जति जनाले पनि आफ्नो जीवन तिलाञ्जली दिए उनीहरूको योगदानलाई सम्मान गर्दै श्रद्धान्जली दिएका छन्। उनले यसको साथै तृणमूल सरकारको विरोधमा खडा भएर राज्यको जनतालाई क्रूर शासनबाट उन्मुक्त गर्ने मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पनि धन्यबाद दिँदै आगामी कार्यकालको लागि शुभकामना दिएका छन्। घतानीले अब गोर्खाहरूले पनि न्याय पाउनेमा उनीहरुले विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement