सोनादा: स्माइल सिक्किम ट्रेक्स एण्ड एडभेन्चरद्वारा युक्सममा आयोजित गोेचला ट्रेल रनको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भयो। यसमा भारत तथा विदेशबाट २५० भन्दा बढी धावकहरूको सहभागिता थियो। यो कार्यक्रमलाई जय बालाजी ग्रुपले टाइटल स्पन्सर गरेको थियो भने डिक्वेस्ट एडभेन्चर र होटल हिमसागरले सहयोग गरेका थिए। कन्चनजंगा राष्ट्रिय निकुञ्ज (युनेस्को विश्व सम्पदा स्थल) भित्रको चुनौतीपूर्ण गोेचला ट्रेकिङ रुटमा आयोजित यो दौडले उच्च उचाइ र कठिन भूभागको कारण धावकहरूलाई कडा परीक्षा दिएको थियो। प्रोजेक्ट लाइफकी २०२४ देखि सक्रिय सदस्य, दुई सन्तानकी आमा तथा प्रोजेक्ट लाइफ (बुङ्कुलुङ) मिरिककी कोअर्डिनेटर रञ्जना सुब्बाले महिलाको ३६–५९ वर्ष उमेर समूहको ३० किलोमिटर दौडमा प्रथम स्थान हाँसिल गरिन्। उनले ६ घण्टा ७ मिनेट ५७ सेकेण्डको उत्कृष्ट समयमा दौड पूरा गरिन्। उनी २०२५ को गोेचला ट्रेल रनको पहिलो संस्करणकी पनि विजेता हुन्।
वर्षौंदेखि उनको निरन्तर प्रदर्शनले उनको शक्ति र दृढताको प्रमाण दिएको छ।
उनको प्रमुख उपलब्धिहरूमा
ब्रूट अरुणाचल, बासर (३० किलोमिटर) – २०२५ मा द्वितीय स्थान,बमावला घाटी ट्रेल रन (२५ किलोमिटर) – २०२५, द्वितीय स्थान, सिक्किम सोल्जराथन (किलोमिटर) – २०२४: उमेर समूह (३६–४५) मा प्रथम स्थान प्राप्त गरेका थिए। प्रोजेक्ट लाइफ दार्जिलिङ र सिक्किमबाट सुरु भएको फिटनेस तथा प्रेरणादायी समुदाय हो जसले दौड र शारीरिक गतिविधिमार्फत स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्दछ। यो समुदायले सबै उमेर र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याएर अनुशासन, निरन्तरता र पारस्परिक सहयोगको भावना जगाउँछ र हरेक व्यक्तिलाई आफ्नो व्यक्तिगत उत्कृष्टता हासिल गर्न प्रेरित गर्दछ। रञ्जना सुब्बाको जस्ता कथाहरूले देखाउँछन् कि निरन्तर प्रयास, समुदायको साथ र दृढ संकल्पले कसरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ। यस्ता कथाहरूले विशेष गरी महिलाहरू र आमाहरूलाई आफ्नो सीमालाई चुनौती दिन अगाडि बढ्न प्रेरित गर्दछन्। गोेचला ट्रेल रनमा प्राप्त सफलताले एक पटक फेरि प्रोजेक्ट लाइफको मिशनलाई मजबुत बनाएको छ – मात्र धावकहरू होइन, स्वस्थ र एकताबद्ध समाज निर्माण गर्ने।










