खरसाङ: यसपालीको बंगाल विधानसभा चुनाउमा परिवर्तनको आँधीमा ममता ब्यानर्जी र उनको पार्टीको हार भएको छ भनी बौध्द धर्म गुरु एंव हालैमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गरेका पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले यस वर्ष भएको पश्चिम बंगाल राज्य विधानसभा चुनाउमा तृणमूल कांग्रेस पार्टीले गरेको सम्झौताप्रति आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै उनले सनातन धर्मका अनुयायीहरूमाथि पश्चिम बङ्गाल र दार्जिलिङ पहाडमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कथित रुपमा गरेको अपशब्द प्रयोग गरेर उनीहरूप्रति कुविचार राखेको कारण बंगाल र पहाडमा परिवर्तनको आवश्यकता थियो। यसबाहेक पनि बंगालको जीतमा भारत सरकार र देशका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि विजय भएको बताए। उनले यो सम्पूर्ण सनातन धर्मको विजय हो भनी बताएका छन्। उनले ममता सरकारको हारको अर्थ पश्चिम बङ्गाल र दार्जिलिङ पहाडको जनताको जीत हो भनी बताएका छन्। उनले भने, पहाडमा यस जीतको बारेमा सही छैनन्। उनले सन् २०१७ देखि पहाडलाई शान्त राख्नमा जीटीएका प्रमुख कार्यपाल अनित थापाको महत्वपूर्ण भूमिका रहेको पनि बताए।










