मेघालय: ​अमेरिकामा आयोजित ‘वर्ल्ड च्याम्पियनसिप अफ पर्फर्मिङ आर्ट्स’को शीर्ष ५ मा पर्न सफल किटकुपार

FB_IMG_1784834899803

मुख्यमन्त्री साङ्माद्वारा बधाई

शिलांग: अमेरिकाको लास भेगासमा आयोजित प्रेस्टिजियस ‘वर्ल्ड च्याम्पियनसिप अफ पर्फर्मिङ आर्ट्स’ मा भारतीय युवा प्रतिभा किटकुपार नोंगसिएज उत्कृष्ट शीर्ष ५ (पाँच) फाइनलिस्टभित्र पर्न सफल भएका छन्।
​मेघालयका युवा कलाकार किटकुपारले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको उत्कृष्ट सांगीतिक प्रस्तुति र सफलताप्रति मेघालयका मुख्यमन्त्री कनराड के साङ्माले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन्।

​मुख्यमन्त्री साङ्माले सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै लेखेका छन्, “यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा मेघालयका एक उदीयमान युवा प्रतिभाले आफ्नो चमक देखाएको देख्न पाउनु साँच्चै नै प्रेरणादायी छ। उनको यस च्याम्पियनसिपको यात्रामा सहयोग गर्न पाउँदा खुसी लागेको छ र म उनको आगामी सफलताको निरन्तर कामना गर्दछु।”
​मुख्यमन्त्री साङ्माले किटकुपारको संगीतले मानिसहरूलाई एक ठाउँमा ल्याउन निरन्तर मद्दत गर्ने र विश्वभर मेघालयको नाम उच्च राख्ने विश्वास समेत व्यक्त गरेका छन्।

About Author

Advertisement