१६ लाख बराबरको चोरीका पाइपसहित तीन जना पक्राउ

FB_IMG_1784794521103

सिलगढी: जल जीवन मिसन खानेपानी आयोजनाका लागि राखिएका करिब १६ लाख रूपैयाँ मूल्य बराबरका ‘एचडीपीई’ पाइप चोरी घटनाको गुत्थी सुल्झाउँदै सिलगढी पुलिसले तीन जनालाई पक्राउ गरेको छ।
​सिलगढी पुलिस कमिस्नरेटअन्तर्गतको प्रधान नगर प्रहरी थानाले आयोजनास्थलबाट चोरी भएका ३९७ थान पाइपसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
​पक्राउ पर्नेहरूमा देवीडाँगा बजारका नाइट गार्ड पवित्र राय, पाकुरतला मोड (वार्ड नं. १२) का सञ्जय बनिक र रथखोला (वार्ड नं. २२) का उज्ज्वल महन्त रहेका छन्।
पुलिसका अनुसार सुरुमा शङ्कास्पद अवस्थामा रहेका सेक्युरिटी गार्ड पवित्र रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। उनको बयानका आधारमा अन्य दुई जनालाई पक्राउ गरिएको हो।
​अभियुक्तहरूकै बयानका आधारमा अलीपुरद्वार, मैनागुडी र बागडोग्रा पुलिस थाना क्षेत्रका विभिन्न स्थानबाट चोरी भएका पाइप बरामद गरिएको पुलिसले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

About Author

Advertisement