मिरिक: मिरिकमा व्यापक ठगी प्रकरणको खुलासा भएको छ। प्राप्त जानकारी अनुसार मिरिकको सिंगबुली निवासी दिपा छेत्रीले विभिन्न बैंकहरुबाट १७ जनाको नाममा लोन निकालेर ठगी गरेको पिढीतहरुको भनाई रहेको छ। पिढीतहरुको पक्षमा पहिलेबाट नै प्राथमिकी दर्ता भए पनि आरोपीको पक्राउ भने नभएको जानकारी प्राप्त भएको छ। यस्तोमा पिढीतहरुले आज पुन: मिरिक पुलिस थानामा गुहार लगाएका छन्। पिढीतहरुको पक्षमा न्याय एनजीओ अघि आएको छ। न्याय एनजीओका अधिवक्ता स्काइ शर्माले ठगीबारे पत्रकारहरुलाई सम्बोधन गर्दै विस्तृत रुपमा जानकारी गराएकी छन्।










