ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत सोनादामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

5a01e557-3092-4262-b907-119e371769a8

सोनादा: सोनादा ट्राफिक पुलिस अनि सोनादा पुलिस आउट पोष्टको आयोजानमा ट्राफिक सुरक्षा सप्ताह पालन गरिएको छ। यस ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत ट्राफिक सुरक्षालाई लिएर जनचेतना कार्यक्रम सम्पन्न गरिएको थियो भने उक्त कार्यक्रममा ऱ्यालीको आयोजना गरिएको थियो। उक्त ऱ्याली सोनादा रेलवे स्टेशनदेखि सुरु भएर सोनादा पेट्रोल पम्प हुँदै न्यू लाइट सार्वजनिक भवनमा पुगेर अन्त्य भयो भने यसै भवनमा जनचेतना विषयमा कार्यक्रम राखिएका थिए। उक्त कार्यक्रमका प्रमुख अतिथिको रूपमा डीएसपी दार्जिलिङ ट्राफिक पुलिस कल्याण गुरुङ रहेका थिए भने विशिष्ट अतिथिको रूपमा सोनादाका विभिन्न समाजका प्रतिनिधिहरू साथै सोनादा चालक संगठन साथै सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरू, होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू, ग्रीन हिल अंग्रेजी स्कूलका विद्यार्थीहरू अनि न्यूटस् माइनस्का विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिको ट्राफिक डीएसपी कल्याण गुरुङ, सोनादा ट्राफिक प्रभारी सवीन दर्नाल, सोनादा पुलिस आउट पोष्टको ओसी विवेक छेत्री आदिले ट्राफिक सुरक्षा सप्ताह र ट्राफिक सुरक्षा विषयमा वक्तव्य राखेका थिए। कार्यक्रममा ट्राफिक सचेतना विषयमा प्रेमुस भोटियाले वक्तव्य राखेका थिए। उक्त कार्यक्रममा भाषण प्रतियोगिता राखिएको थियो जसमा होली क्रस कन्या उच्चतर माध्यमिक विद्यालय विजय भएका छन्। त्यसरी नै उक्त कार्यक्रममा गीतहरु प्रस्तुत गरिएको थियो। भने उक्त कार्यक्रम रसिक छेत्रीले सञ्चालन गरिएको थियोे। यस ट्राफिक सचेतना कार्यक्रममा सोनादा ट्राफिक पुलिस प्रभारी सबीन दर्नाल, सोनादा पुलिस आउट पोष्टको प्रभारी विवेक छेत्री, एएसआई आनन्द प्रधान, एएसआई प्रितम तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement