मतुआ समुदायको मन्दिरमा अशान्ति मामिलामा हाई कोर्टले दियो सीट गठनको आदेश

00-1-Chhetriya-Samachar-4

कोलकाताः अभिषेक ब्यानर्जीको बनगाउॅं भ्रमण अवधि मतुआ समुदायको मन्दिरमा भएको अशान्ति मामिलामा कलकत्ता हाई कोर्टले एसआईटी गठन गर्ने निर्देश दिएको छ। मङ्गलवार भाजपा सांसद शांतनु ठाकुरद्वारा दर्ता गरिएको याचिकामाथि सुनवाई गर्दै कोर्टले एसआईटी गठनको आदेश दिए। राज्य पुलिसका डीजीको सीट गठन गर्न आदेश दिइएको छ। यसका साथै एसआईटीलाई १८ जुलाईसम्म रिपोर्ट बुझाउन लगाएको छ।

उल्लेखनीय छ, ११ जूनमा अभिषेक ब्यानर्जीको उत्तर २४ परगना जिल्लाको बनगाउॅं भ्रमण अवधि हिंसाको स्थिति उत्पन्न भएको थियो। उनी त्यहॉं जानभन्दा पहिला मतुआ महासंघको मैदानमा शांतनु समथर्क कार्यकर्ताहरूले अलग सभाको आयोजन गरेका थिए। सभामा मतुआ कार्यकर्ताहरूले मुख्यमन्त्रीसॅंग माफीको माग गरिरहेका थिए।

अभिषेक ब्यानर्जी त्यहॉं पुग्न अघि नै तनाउको स्थिति उत्पन्न भएको थियो। मन्दिरको मुख्य द्वार बन्द गरिएको थियो। मतुआ समुदायका दुई पक्ष एकअर्कासॅंग लडाई गर्ने स्थितिमा थिए।

About Author

Advertisement