आगलागीमा घर खरानी, विधायक भोटियाले गरे निरीक्षण

n51122739216872844871819a47f5d80803cf1a1c2a9fae5a0a9c7bbd785961c0feb6debd05f131b35038ce.jpg

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत क्युजिङ सामसिङ निवासी डाडी भोटियाको घरमा बिहान लगभग दुई बजी आगो लाग्यो। आगलागीमा पीडितको घर जलेर खरानी भएको छ। बर्फुङ क्षेत्रका विधायक टीटी भोटियाले घटना स्थलको निरीक्षण गरि क्षयक्षतिको जानकारी लिए।

घटना स्थलको जायजा लिएपछि उनले पीडित परिवारलाई विधायक राहत कोषबाट बीस हाजर रूपियाँ तत्काल राहत प्रदान गरेका छन्। विधायकले पीडित परिवारलाई सिक्किम सरकारद्वारा सिक्किम गरीब आवास योजनाको घर पनि निर्माण गरिदिने आश्वासन दिए।

उक्त निरीक्षणको क्रममा जिल्ला पञ्चायत, ग्राम पञ्चायतगण, खण्ड विकास अधिकारी, विभागीय अधिकारी लगायत स्थानीय गाउँहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement