खूनमा लतपतिएको शव भेटियो, हत्याको आरोप

00-1-Chhetriya-Samachar-4

जलपाइढीः जिल्लाको राजगञ्ज ब्लकदेखि मङ्गलवार एक व्यक्तिको रक्तरंजित शव भेटिएपछि क्षेत्रमा सनसनी फैलियो। मृतकको नाम लक्ष्मीराम हेम्ब्रम (३५) हो। मृतक सन्यासिकाटा ग्राम पञ्चायतको ब्रह्मतल पाडा निवासी थिए। घटना राजगंजको मझियाली ग्राम पञ्चायतको पाबनीखारी क्षेत्रमा घटेको हो। अवैध सम्बन्धका कारण व्यक्तिको कुटेर हत्या गरिएको आरोप छ।

स्थानीय सूत्रहरू अनुसार, लक्ष्मीराम श्रमिकको काम गर्थे। गए राति उनलाई पाबनीखारी क्षेत्रमा एक गृहिणीसॅंग भेटियो। उसलाई बॉंधेर कुटपिट गरिएको आरोप छ। यसपछि, आज बिहान क्ष्ज्ञेत्रमा उनको शव भेटिएको हो। घटनापछि गृहिणीसहित उसको परिवार बेपत्ता छन्। राजगंज थानाले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।

-हिस

About Author

Advertisement